होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • प्रधानाध्यापकहरुसंगको समिक्षा गोष्ठी मार्तडीमा सूरु
शिक्षा

प्रधानाध्यापकहरुसंगको समिक्षा गोष्ठी मार्तडीमा सूरु

  • नागरिक रैबार
प्रधानाध्यापकहरुसंगको समिक्षा गोष्ठी मार्तडीमा सूरु

नागरिक रैबार/बाजुरा २२ कार्तिक। विद्यालयमा विद्यार्थीहरुकाे नियमितता र शिक्षाको गुण्स्तर सम्वन्धि २ दिने प्रधानाध्यापकहरुसंगको समिक्षा  गोष्ठी शुक्रबारबाट मार्तडीमा सूरु भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पीसविन बाजुराद्वारा संचालित यूवा सशक्तीकरण बुलगारी परियोजनाको आयोजना तथा र जिल्ला शिक्षा समन्वय इकाई बाजुराको समन्वयमा उक्त समिक्षा गोष्ठी मार्तडीम सूरु भएको हो ।

सेभ द चिल्ड्रेन अन्तरगतको बुलगारी परियोजनाद्धारा संचालन भएका १४ वटा माद्यमिक बिद्यालयका प्रधानाध्यापकहरू र ३ वटा नगरपालिका (बडीमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिका) का शिक्षा प्रमुखहरूवीच बिद्यालयमा बिद्यार्थीको नियमितता र शिक्षाको गुणस्तर बृद्धि कसरी गर्ने भन्ने उद्देश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको बुलगारी परियोजनाका कार्यक्रम संयोजक धर्मराज रोकायाले बताएका छन् ।

विज्ञापन


२ दिने समिक्षा गोष्ठीको जिल्ला शिक्षा समन्वय अधिकारी गोपाल दत्त जोशी र सेभ द चिल्ड्रेनका शिक्षा कार्यक्रम प्रवन्धक आत्मराम भट्टराईले प्रशिक्षण गर्ने भएका छन् ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पीसविन बाजुराद्वारा संचालित यूवा सशक्तीकरण बुलगारी परियोजनाले परियोजनाको कार्यक्षेत्र भित्र रहेका विद्यालयहरुमा अध्ययनरत कमजोर विद्यार्थिहरूका लागि अतिरिक्त कक्षा संंचालनका लागि प्रति विद्यालयलाई ३ महिनासम्म (मासिक रू ७ हजारका दरले सहयोग गर्दै आईरहेको छ ।

त्यसै गरि परियोजनाले छात्रवृतिको प्रभावकारिता र १४ वटा माद्यामिक बिद्यालयका आर्थिक रूपमा कमजोर भएका ७४ जना कक्षा ८,९ र १० का बिद्यार्थीहरूलाई बार्षिक रूपमा प्रति ब्यक्ति रू १० हजारका दरले छात्रवृत्ति सहयोग समेत गरिरहेको छ ।

दुई दिने समिक्षा गोष्ठीको पहिलो दिन आज बिद्यालय ब्यवस्थापन, असल अभ्यासका अनुभव आदान, प्रदान, बिद्यार्थिको दैनिक तथा मासिक हाजिरि विश्लेषण, फलोअप कार्डको प्रयोग र प्रभावकारिता, विद्यार्थी टिकाउ दरमा अभिभावकको सहभागिता बृद्धिका उपायहरू, उपचारात्मक (अतिरिक्त) कक्षाको प्रभावकारिता र परिवर्तनका बारेमा छलफल हुनेछ भने भोली बाल क्लवको भुमिका र प्रधानाध्यापकहरुको भुमिका बारे छलफल गरिने आयोजकले बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार