होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १६ वर्षीया किशोरीद्धारा आत्महत्या
समाचार

१६ वर्षीया किशोरीद्धारा आत्महत्या

  • नागरिक रैबार
१६ वर्षीया किशोरीद्धारा आत्महत्या

नागरिक रैबार/बाजुरा ५ असोज। बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेका छन् । शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी गर्दा आईतबार विहान ९ बजे घर नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेको भेटाएपछि आफन्तले प्रहरीलाई जनाकारी गराएको हो ।
घर नजिकैको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताए । किशोरीले के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार