होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे । वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको सदरमुकाम मार्तडीमा मोटर साईकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ का कर्णबहादुर रावलकि वर्ष ६ कि सम्झना रावल रहेकी छिन् । विहिबार साँझतिर सदरमुकाम मार्तडीबाट कोल्टी तर्फ जाँदै गरेको सुप्रप ०१००८ प ७५४६ नम्बरको मोटर साईकलले ठक्कर दिदा बालिका घाईते भएको […]
नागरिक रैबार/बाजुरा २६ फागुन । नेपाली काँग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे गृह जिल्ला बाजुरामा आउने भएका छन् ।“घर घर जाँउ काँग्रेस जिताउ” भन्ने अभियान सहित सदरमुकाम मार्तडीमा यही फागुन २९ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सह-महामन्त्री पाण्डे गृह जिल्लामा आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव ताल बहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार फागुन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन भएको जिल्ला प्रहरी […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ । पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा […]
राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा छनोट गर्ने गरेका पाइएको छ। जनप्रतिनिधिले आफन्त र पार्टीप्रति आस्था राख्नेलाई मात्र छनोट गर्दा वास्तविक गरिबहरू भने बञ्चित हुँदै आएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पार्दा यथार्थ गरिबलाई छनोट नगरी शिक्षक कर्मचारी र ठेकेदारका परिवारलाई वडाका […]
बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाले चार सय बढी किशोरीलाई स्यानिटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर २ भौनेराका चार सय किशोरीलाई स्यानिटरी प्याडसहितका स्वास्थ्य सामग्री वितरण गरिएको बडीमालिकाकी उपप्रमुख कविता विष्टले बताइन् । महिनावारी हुँदा कशोरीलाई नियमित विद्यालय जान सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको नगर […]
नागरिक रैबार/बाजुरा २० फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका […]
नागरिक रैबार/बाजुरा १९ फागुन। बडीमालिका नगरपालिकाकाे वडा नम्बर ८ का ४ सय जनालाई सरसफाईका सामाग्री वितरण गरिएकाे छ । बडीमालिका नगरपालिकाकाे समन्वय र मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाकाे सहयाेगमा उक्त वडाका ४ सय जनालाई सरसफाई सामाग्री वितरण गरिएकाे हाे । बडीमालिका ८ लाई यहि महिनाभित्र छाउगाेठ मुक्त वडा घाेषणा गर्ने तयारी नगरपालिकाकाे छ । […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हत्या अभियोगमा फरार रहेका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् । २०४८ साल असोज ६ गतेका दिन भैसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालमा उपचाररत एकजना विरामीलाई उपचार खर्च सहयोग गरेका छन् । ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका मान बडुवालाई उपचार खर्च बाफत जिल्ला अस्पतालमा रहेको सामाजिक स्वास्थ्य सेवा संगठनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा २० हजार २ सय २० नगद रुपैयाँ सहयोग […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
नागरिक रैबार बाजुरा १५ फागुन बाजुरामा शनिवार रूखबाट लडेर एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमलिका नगरपालिका वडा नम्मर ७ का ६५ वर्षका रत्न पाध्याय रहेका छन् । मृतक पाध्यायको गाउँ नजिकैकाे जंगलमा गाईवस्तुलाई घाँस काट्ने क्रममा मृत्यु भएकाे आफन्तले बताएका छन् । शनिवार बिहान घरबाट घाँस काट्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा […]