होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मनागाड लघु जलबिघुत परियोजनाको तेस्रो साधारण सभा शुरु
समाचार

मनागाड लघु जलबिघुत परियोजनाको तेस्रो साधारण सभा शुरु

  • नागरिक रैबार
मनागाड लघु जलबिघुत परियोजनाको तेस्रो साधारण सभा शुरु

राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा अध्यक्ष बलबहादुर थापा रहनु भएको थियो।त्रिवेणि- ९र बडिमालिका -५ का जनप्रतिनिधि , बुद्धिजीवी, शिक्षक , पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगाएत करिब २सय जना उपभोक्ताको सहभागितामा संचालन भएको साधारण सभामा अध्यक्ष दयाराम थापाले मनागाड लघु जलविद्युत परियोजनाको समग्र परिस्थिति प्रतिबेदन २०७८ पेश गर्नुभएको छ।२०६६ सालमा पैमा र मनाका सबै घरपरिवारलाई उज्यालो दिने उदेश्यका साथ स्थापना भएको मनागाड लघुविघुत परियोजना बाट हाल त्रिवेणि-९पैमाका १सय ९३ घरधुरी र बडिमालिका-५का २सय२ घरधुरी लाभान्वित छन्।मासिक रुपमा लगभग ४०हजार आम्दानी हुने परियोजनामा हाल १४लाख ७५हजार ४सय पन्चानब्बे आम्दानी भएको र १४लाख ७०हजार ८सय ५४ खर्च भइ ४हजार ६सय ४१ बैंक मौज्दात रहेको ब्यहोरा प्रतिवेदनमा उल्लेख गरिएको छ।साधारण सभामा प्रमुख अतिथिको आसन बाट बोल्नुहुंदै बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्टले मनागाड लघुबिघुत परियोजनाको लागि नगरपालिका बाट गर्न सकिने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ एक अर्को प्रसंगमा बोल्दै उपप्रमुख बिष्टले बडिमलिका ५ मना गाउँ मा आफ्नो कार्यकालमा उल्लेख्य बिकास गरेको स्मरण गराउंदै थप केही महत्त्वपूर्ण कार्यका लागि आफुलाइ जानकारी गराउन अनुरोध गर्नुभएको छ। कार्यक्रममा विशिष्ट अतिथि बडिमालिका नगरपालिका -५का वडा अध्यक्ष बलबहादुर थापाले नीति, बिधि,र पद्धतिमा रहि ब्यबस्थापकले विघुतको संरक्षण गर्न सके नियमित बिघुतको जनचाहना दीर्घकालीन रुपमा पूरा हुने हुँदा त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनु भएको छ।आज उद्घाटन सत्र सम्पन्न भएको र भोलि बन्द सत्र मार्फत आम उपभोक्ताको सहमतिले नयां ब्यबस्थापक समिति गठन हुने मनागाड लघुविघुत परियोजनाका अध्यक्ष दयाराम थापाले बताउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार