होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बन्दक बनेको समृद्धि ! इन्द्र बोहरा
बुढीनन्दा

बन्दक बनेको समृद्धि ! इन्द्र बोहरा

  • नागरिक रैबार
बन्दक बनेको समृद्धि ! इन्द्र बोहरा

केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे ।

वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर भारी बहुमत प्राप्त गरिरहँदा बाजुरा जिल्लामा ९ वटा स्थानीय तह मध्ये ३ स्थानीय स्थानीय तहमा नेकपा एमाले र ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले बिजय प्राप्त गर्यो। जस मध्ये सदरमुकाम मार्तडी ( बढिमालिका नगरपालिका) र पूर्वी उत्तर क्षेत्र कोल्टी ( बुढिनन्दा नगरपालिका) मा नेकपा एमालेले पराजय भोग्नुनै ठोलो दुर भाग्य थियोे भने सरोकारवाला प्रमुख लगानी उठाउने व्यवसाय थियो।

प्रशस्त सम्भावना हुदाँहुदै पनि भर पर्दो योजना तर्जुमा नबन्न सक्नु र भिजेनरी नेतृत्वको कमिका कारणले बिरामीले सिटामोल समेत पाएनन् , उच्च शिक्षा हासिल गरेका दक्ष युवाले पासपोर्ट हल्लाउँदै खाडी मुलुक धाउनुपर्ने, उज्यालो नेपाल अभियानलाइ तिब्र रुप दिइरहेका बेला नानी बाबू पढ्ने बेलामा लोस्टा बाल्नु पर्ने यो हाम्रो अभिशाप जस्तै बनेको छ भने पर्यटनको हिसाबले प्रशस्त सम्भावना बोकेका धार्मिक,साँस्कृतिक र पुरातत्त्विक स्थानहरुको संरक्षण र सम्बर्द्धन हुन नसक्दा बेवारिसे बनेका छन।

विज्ञापन

नेट ईन्टरनेट र प्रबिधिले गर्दा संसारलाई जोडिरहेको बेला 2G को पनि ब्यवस्था गर्न नसक्ने हामी कस्ता प्रतिनिधिलाई जिताउन पुगे छौ? आफैले आफैलाइ प्रश्न गर्न मन लाग्छ। चुनावको बेलामा भोट बटुल्न आम जनसमुदायका बिचमा गरेका कबुलपत्र पनि त्यसको अक्षराँंश पालन गर्नु सट्टा कुन खाडलमा थनकिएका छन? त्यसको कुनै अत्तोपत्तो छैन। बरु एउटा कुरा चाहिँ नागरिक भएको हिसाबले ढुक्कका साथ समर्थन गर्न सक्छौ नगर प्रमुख बहाल गरि रहदा तपाईका घर घडेरी जोडिए होलान, बेकामे स्काई भेटरले काम पाए होलान र आसेपासे पनि पोसिएकै होलान।

पूर्वाधार क्षेत्रमा गरेको विकास खै? शिक्षा स्वास्थ्य र रोजगारीमा आम सर्वसाधारणको पहुँच पुर्याएको खै? दीर्घकालीन योजना कति बने? कहाँ कति रुखो र बाँझो जनि सम्म सिचाइ भयो र खेतीयोग्य बनिए? प्रत्येक बस्ती कति शुद्ध खानेपानीको पहुँच पुग्यो? हामी प्रत्येक सचेत जनसमुदायले यसको हिसाबकिताब माग्नेकी नमाग्ने ?

नितिगत भ्रष्टाचार भन्दा नितिगत विकासलाई प्रश्रय दिने हो भने आ आफ्नो सैद्धान्तिक बन्धक भन्दा माथी उठेर सोचौं। प्रत्येक ग्रामीण भेगका दुर दराजका बस्ती बस्तीमा शिक्षा स्वास्थ्य,रोजगारी र सडक सञ्जालको राम्रो पहुँच पुर्याउने हो भने हाम्रोलाई हैन राम्रो नेतृत्वलाइ प्राथमिकतामा राख्नै पर्छ।खैर घर राम्रो बनाउने हो भने त्यसको जग बनाउदा सबैले ध्यान दिनै पर्छ।

अब आउने स्थानीय निर्वाचन बैशाख ३०,आउने ५ बर्ष एउटा महत्त्वपूर्ण दिन हो। यी ५ बर्षका प्रत्येक हाम्रा दैनिकीलाई समृद्धिका दैनिकी बनाउनेकी? उदेकलाग्दो कष्टकरमय दैनिकी बनाउने यसको आम जन समुदायले सुझबुझ पूर्ण फैसला गर्नै पर्छ।हामीले यो चुनावमा सहि निर्णय लिन सकेनौं भने फेरि पाँच बर्ष बिकासको नाममा कुइरोमा हराएको काग जस्तै हुनेछौ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार