होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मोटर साईकलको ठक्करबाट मार्तडीमा एक बालिका घाईते
बडीमालिका

मोटर साईकलको ठक्करबाट मार्तडीमा एक बालिका घाईते

  • नागरिक रैबार
मोटर साईकलको ठक्करबाट मार्तडीमा एक बालिका घाईते

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको सदरमुकाम मार्तडीमा मोटर साईकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ का कर्णबहादुर रावलकि वर्ष ६ कि सम्झना रावल रहेकी छिन् ।

विहिबार साँझतिर सदरमुकाम मार्तडीबाट कोल्टी तर्फ जाँदै गरेको सुप्रप ०१००८ प ७५४६ नम्बरको मोटर साईकलले ठक्कर दिदा बालिका घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मोटर साईकलको ठक्करबाट घाईते बालिकाको टाउको र कम्मरमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ । घाइते बालिकाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि धनगढी तिर लिने तयारी भइरहेको घाइते बालिकाका बुवा कर्ण बहादुर रावलले बताएका छन् ।

विज्ञापन

बालिकालाई ठक्कर दिने मोटरसाईकल चालक जगन्नाथ गाउँपालिका २ का महेन्द्र शाह रहेका छन् । त्यस्तै मोटरसाईकलमा सवार स्वामीकार्तिक गाँउपालिका ३ का सौजन सिंह पनि सामान्य घाईते भएका छन् भने मोटर साईकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार