होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा सवारी साधान कारवाहीबाट ७ लाख बढी राजस्व सङ्कलन
समाचार

बाजुरामा सवारी साधान कारवाहीबाट ७ लाख बढी राजस्व सङ्कलन

  • नागरिक रैबार
बाजुरामा सवारी साधान कारवाहीबाट ७ लाख बढी राजस्व सङ्कलन

नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

प्रहरी नायव उपरिक्षक ओझा बाजुरा आए प्रश्चात प्रहरीको सक्रियता बढेसंगै राजस्व संकलनमा समेत निकै वृद्धी भएको पाईएको छ । यो आर्थिक बर्ष २०७८/७९ को राजस्व संकलन र गत बर्ष २०७७/७८ को राजस्व संकलनको तथ्याङ्क हेर्दा राजस्व संकलन दोव्वरले बढेको प्रहरी प्रमुख ओझाले बताए । उनका अनुसार गत बर्ष भन्दा आर्थिक बर्षमा ३४.४२ प्रतिशतले राजस्वमा वृद्धी भएको हो ।

विज्ञापन

आर्थिक बर्ष २०७८/७९ मा ट्राफिकको नियम उलघंन गर्ने १ हजार ३ सय १३ सवारी साधानहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराका प्रहरी जवान जनकबहादुर दानीले बताएका छन् । उनका अनुसार यसवर्ष ट्रक १ सय ७३, जिप र कार ५ सय २५, बस ७, ट्याक्टर ३४६ र अन्य अटोरिक्सा ४१, मोटरसाइकल २ सय २० र त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउने १५ जना छन् ।

जिला प्रहरी कार्यालय बाजुराले प्रत्येक सवारी साधनको छुट्टाछुटै राजस्व संकलन गरी तथ्याङ्कमा राखेको छ । यो आर्थिक बर्षमा ट्रकबाट ९ हजार ५ सय , बसबाट ३ हजार ५ सय , जिव र कारबाट २ लाख ८८ हजार ,ट्याक्टरबाट २ लाख ५५ हजार राजस्व संकलन गरेको छ । त्यस्तै मोटरसाइकलबाट १ लाख ३२ हजार ५ सय , मापसेबाट १ हजार ५ सय , जनचेताना मुलक कार्यक्रमबाट १ हजार ४ सय ५० र अन्यबाट २३ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्कमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार