होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका चार सय किशोरीलाई बाँडियो स्यानिटरी प्याड
समाचार

बडीमालिकाका चार सय किशोरीलाई बाँडियो स्यानिटरी प्याड

  • नागरिक रैबार
बडीमालिकाका चार सय किशोरीलाई बाँडियो स्यानिटरी प्याड

बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाले चार सय बढी किशोरीलाई स्यानिटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर २ भौनेराका चार सय किशोरीलाई स्यानिटरी प्याडसहितका स्वास्थ्य सामग्री वितरण गरिएको बडीमालिकाकी उपप्रमुख कविता विष्टले बताइन् ।

महिनावारी हुँदा कशोरीलाई नियमित विद्यालय जान सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको नगर उपप्रमुख विष्टले जानकारी दिइन् । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौँ प्रयास कैलालीको सहयोगमा नगरका २ वटा वडाका किशोरी तथा महिलालाई स्यानिटरी प्याड वितरण गरिएको हो ।

संस्थाले नगरपालिकाको वडा नम्बर २ र ८ वडाका चार÷चार सय किशोरी र महिलालाई स्यानिटरी प्याड र अन्य सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ८ मा आयोजित कार्यक्रममा ७ लाख ५० हजार रुपैयाँ बराबरको र वडा नम्बर २ मा ३ लाख बढीको स्यानिटरी प्याड, नुहाउने साबुन, ब्रसलगायत सामग्री संस्थाले वितरण गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार