होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले दिए विरामीलाई उपचार खर्च
समाचार

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले दिए विरामीलाई उपचार खर्च

  • नागरिक रैबार
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले दिए विरामीलाई उपचार खर्च

नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालमा उपचाररत एकजना विरामीलाई उपचार खर्च सहयोग गरेका छन् ।

३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका मान बडुवालाई उपचार खर्च बाफत जिल्ला अस्पतालमा रहेको सामाजिक स्वास्थ्य सेवा संगठनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा २० हजार २ सय २० नगद रुपैयाँ सहयोग गरेका हुन् ।

१ वर्ष अघि छातिको समस्या देखिएका बडुवालले उपचारका लागि भन्दै आफ्नो घरमा भएको भैसीं समेत विक्रि गरेर कोहलपुरमा उपचार गराएका थिए । कोहलपुरमा उपचार गरेका बडुवाल आर्थिक अभावकै कारण थप उपचार नगरी घर फर्किएका थिए ।

विज्ञापन

जिल्ला अस्पताल बाजुरामा ३ दिनदेखि उपचार भईरहेको छ । उनको छातिमा समस्या संगै रगत समेत अभाव छ । उनको उपचारकै क्रममा जिल्ला अस्पताल बाजुरामा कार्यरत अहेव मानबहादुर नेपालीले उनलाई आवस्यक पर्ने १ प्वाइन्ट रगत समेत दिएका थिए ।

जिल्ला अस्पताल बाजुराले उनको उपचार यहाँ सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरेको छ । तर उनको घरपरिवारसंग आर्थिक समस्या भएकोले अस्पतालमा कार्यरत कर्मचारीहरुबाट व्यक्तिगत रुपमा आर्थिक संकलन गरी उनको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरेको अस्पतालका स्वास्थ्यकर्मी जगत शाहीले बताएका छन् ।

बडुवालसंग उपचार गर्ने रकम अभाव भएपछि थप उपचार गर्न समस्या भईरहेको उनका काका धनबहादुर बडुवालले बताएका छन् । उनले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले उपचार खर्चवाफत व्यक्तिगत रुपमा नगद संकलन गरेर आर्थिक सहयोग गरेपछि थप उपचारमा सहयोग पुग्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार