होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ८ का ४ सय जनालाई सरसफाई सामाग्री वितरण
समाचार

बडीमालिका ८ का ४ सय जनालाई सरसफाई सामाग्री वितरण

  • नागरिक रैबार
बडीमालिका ८ का ४ सय जनालाई सरसफाई सामाग्री वितरण

नागरिक रैबार/बाजुरा १९ फागुन। बडीमालिका नगरपालिकाकाे वडा नम्बर ८ का ४ सय जनालाई सरसफाईका सामाग्री वितरण गरिएकाे छ । बडीमालिका नगरपालिकाकाे समन्वय र मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाकाे सहयाेगमा उक्त वडाका ४ सय जनालाई सरसफाई सामाग्री वितरण गरिएकाे हाे ।

बडीमालिका ८ लाई यहि महिनाभित्र छाउगाेठ मुक्त वडा घाेषणा गर्ने तयारी नगरपालिकाकाे छ । छाउगाेठ मुक्त वडा घाेषणा गर्नुपुर्व वडामा रहेका विपन्न तथा सिमान्तकृत वर्गका ४ सय जनालाई सरसफाई सामग्री वितरण गरिएकाे वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

३ वर्षदेखि बडिमालिका नगरपालिकालाई विभिन्न सहयोग गर्दै आएको मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाले बडीमालिका ८ मा ठुलाे मात्रामा सरसफाइ सामाग्री सहयाेग गरेपछि छाउगाेठ मुक्त वडा घाेषणा गर्न सहज हुने बडीमालिका नगर उपप्रमुख कविता विष्टले बताएकी छन् ।

विज्ञापन

बडिमालिका नगरपालिकाको समन्वय तथा मानविय सेवामा अनेकौ प्रयास साइन नेपालको आर्थिक सहयोगमा स्वास्थ्य स्वछता समाग्रीहरु सहयोग गरिएको मानविय सेवामा अनेकौ प्रयास साइन नेपालका अध्यक्ष भक्तराज जोशी बताए । छाउपडी कुप्रथा समन्धी सचेतना सन्देश सहित स्वास्थ्य स्वच्छता सामाग्री सहयोग गरिएको उनले बताएका हुन ।

विशेष गरी छाउपडी कुप्रथा समन्धी सचेतना सन्देश प्रबाह गर्दै महिलाहरु स्वास्थ्य स्वच्छता र सुरक्षित हुन भन्ने उदेस्यका साथ बडिमालिका नगरपालिका वडा नं. ८ का ४ सय जनालाई सहयोग तथा वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

उनका अनुसार ४ सय परिवारलाई सेनेटरी प्याड ,पेन्टिङ,सावुन , कोल्कड, ब्रस,नङकट,हेन्डव्याक र सौउल वितरण गरिएको हो । साइन नेपालका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा वितरण गरिएको कार्यक्रमका प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अथिति नगर उप-प्रमुख कविता विष्ट, वडा नम्मर ८ का वडा अध्यक्ष प्रकाश रावल रहनुभएको थियो भने कार्यक्रमको संचालन प्रसान्तराज जोशीले गरेका थिए । त्यस्तै कार्यक्रममा बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, वडा सदस्य नर बहादुुर ऐडी,देव थापा,लुती नेपाली,बरिष्ट देउडा गायक भोजराज भट्ट,महिला संघ अध्यक्ष अमृता सिंह लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार