होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरस्तरीय दलित भुमि अधिकारले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र
Breaking News

बडीमालिका नगरस्तरीय दलित भुमि अधिकारले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र

  • नागरिक रैबार
बडीमालिका नगरस्तरीय दलित भुमि अधिकारले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र

नागरिक रैबार/बाजुरा १६ फागुन। बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।

दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि सो ज्ञापन पत्र बडिमालिका नगरपालिकालाई बुझाएको बडिमालिका नगर स्तरीय दलित भुमी अधिकार युनियनका अध्यक्ष प्रेम विश्वकर्माले बताएका छन् ।

स्थानिय तहको माध्यमद्धारा आफ्नो स्थानिय तहमा दलित भुमिहिन र सुकुम्बासी र अझैपनी दाषपर्थाको अवशेषमा रहका मुक्त हलियाहरुको अलग पहिचानका साथ लगत संकलन र अद्याबधिक गर्ने काम गरियोस् लगाएतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विज्ञापन

यता यि मागहरु सम्बोधन गर्न नगर प्रमुखले आफू प्रतिबद्ध रहेको बताएका छन् । ज्ञापन पत्रमा उल्लेख गरिएका सबै मागहरु जायज भएकाले आफु कटीबद्ध रुपमा अगाडी बढ्ने नगर प्रमुख बडुवालले विश्वास व्यक्त गरेका छन् ।

नगर स्तरीय भुमि अधिकार युनियनका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा सहित रास्ट्रिय दलित नेटवर्कका प्रतिनिधि काशी नेपाली पुर्ब मार्तडी गाउँ बिकास समिति उपाध्यक्ष किट्टो लवार सहित बडिमालिका नगर स्तरीय दलित भुमी अधिकार युनियनका पदाधिकारीहरुले ९ बुँदे माग सहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार