होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • खुला महिला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम
बडीमालिका

खुला महिला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम

  • नागरिक रैबार
खुला महिला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम

नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ ।

“सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन गर्दै मालिका मावि प्रथम भएको हो ।

प्रतियोगितामा विजेता बनेको मालिका माविलाई नगद पाँचहजार र उपविजेता बनेको आयोजक क्रियटर जोन एकेडेमीलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

विज्ञापन

May be an image of 9 people and people standing

२४ गते परेको नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमीले पहिलोपटक सदरमुकाम मार्तडीमा महिला खुला भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा १९ वटा टिम सहभागि भएका भएपनि फाइनलमा भने आयोजक क्रियटर जोन र मालिका माविविच प्रतिष्पर्दा भएको थियो।

May be an image of 6 people, people standing, people walking, outdoors and crowd

प्रतियोगितामा विजेता बनेको मालिका मावि र उपविजेता बनेको आयोजक क्रियटर जोन एकेडेमी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगर उप-प्रमुख कविता कुमारी बुढा (बिष्ट) विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले प्रमाण पत्र सहित सम्मान गरेका थिए । प्रतियोगिता क्रियटर जोन एकेडेमीको खेलमैदानमा संचालन गरिएको थियो ।

May be an image of 13 people and people standing

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार