होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको मिनिट्रक हिमाली गाउँपालिका ४ को तिथिचौरमा दुर्घटना भएको छ । कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको सु.प.प्र. ०१००१ ख २४९४ नम्बरको मिनीट्रक दुर्घटना भएको कणर्ाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाले बताएको छ । मिनिट्रक दुर्घटनापछि तिथिचौरमा रहेको […]
नागरिक रैबार/बाजुरा २१ चैत। बाजुराको बुढीगंगा नगरपालिका २ को वडा कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने निर्णय गरेको छ । पलाष्टीकजन्य सामाग्रीले कृषि उत्पादन देखि वातावरण समेत प्रदुषण गर्ने भएकोले व्यवस्थीत गर्न वडा कार्यालयले आफै संकलन गर्ने लागेको वडा अध्यक्ष पदम भण्डारीले बताएका छन् । खेती योग्य जमिनमा पर्ने असर र वातावरणीय प्रदुषण घटाउन पलाष्टीकको […]
नागरिक रैबार/बाजुरा १८ चैत्र ।।बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिका भित्र तिव्र गतिमा विकासका कामहरु हुदै गएकोले यसलाई रोक्न गठबन्धनका दलहरु सक्रिय भएर लागेको आरोप लगाएका छन् । शुक्रबार गाउँपालिकाको कार्यालय जुड्डीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले चैत्र ८ गते गठबन्धनमा आवद्ध दलहरुले विभिन्न आरोप लगाउँदै दिएको ध्यानाकर्षण पत्र विकासका कामहरु रोक्ने षडेन्त्र […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ मा स्थित ढम्कनेका कृषकहरुलाई आलु खेतीमा आत्मनिर्भर बनाईने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा सवै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको ढम्कनेका कृषकहरुलाई आलु खेतिमा आत्मनिर्भर बनाउन लागेको हो । मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले लिवर्ड पोखराका प्राविधिक सहितको टिमलाई लिएर […]
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बुढिगंगा नगरपालिकाले सेवा क्षेत्र भित्रका नागरिकलाई लक्षित गरेर एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन गरेको छ । बुढीगंगाका नागरिकहरुलाई कटाई सिलाई बाटै जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताएका छन् । कटाई सिलाई सम्वन्धि घरमै काम गरिरहेका युवाहरुलाई व्यवसायीक बनाउने उदेस्यले […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै २ वटै वडा कार्यालयमा तालाबन्दी गरिएको मनोज सिंहले बताएका छन् । उनका अनुसार गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी […]
नागरिक रैबार/बाजुरा १ चैत्र।बाजुराको सदरमुकाम मार्तडीमा चैत्र ३ गतेबाट संचालन हुने प्रमथ खप्तड मालिका उद्योग कृषि, पर्यटन तथा व्यापार महोत्सवको उद्धघाट्न सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्धघाट्न गर्ने भएका छन् । खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा चैत्र ३ गते देखि १२ गतेसम्म सदरमुकाम मार्तडीमा संचालन हुने महोत्सवको उद्धघाट्न प्रदेश प्रमुख जोशीले गर्ने आयोजकले […]
नागरिक रैबार/बाजुरा १ चैत्र।जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट २ दिने निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट फालासेनमा संचालन गरिएको हो । २ दिन सम्म संचालन हुने शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी तथा नशारोग, मानसिक रोग, आँखा परिक्षण, रेडियोलोजिष्ट […]
नागरिक रैबार/बाजुरा २६ फागुन।अनेरास्ववियु बाजुराका सह-सचिव प्रेम नेपाली बाजुरा क्याम्पसले आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा प्रथम भएका छन् । बाजुरा क्याम्पसको आयोजनामा फागुन १७ गतेदेखि संचालित खेलकुद सप्ताह अन्तरगत आयोजना गरिएको बक्तृत्व कला प्रतियोगितामा नेपालीले प्रथम स्थान हात पार्न सफल भएका हुन् । बाजुरा क्याम्पसमा आगामी चैत्र पहिलो साता हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट सभापति […]
संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]
नागरिक रैबार/बाजुरा २५ फागुन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा घर भएका दल बहादुर बडुवालकी ६ वर्षीय छोरी कमला बडुवाल रहेकी छन् । उनी श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय काेर्धमा कक्षा १ मा अध्ययनरत बिद्यार्थी हुन् । बिद्यालय टाढा भएपछि बिहान ९ […]
नागरिक रैबार/बाजुरा २१ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक नेपाल टेलिकमको एनटि फाईवर नेट संचालनमा आएको छ । नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाका अनुसार पुरानो एडिएसल सहितको इन्टरनेट सेवा विस्थापित गरेर सदरमुकाम मार्तडीमा नयाँ तिव्र गतिको एनटि फाइवर सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले अहिले एनटि फाइवर नेट सेवा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जडान […]
नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियान र पार्टी संगठन सुदृढीकरण अभियानमा जुटेको छ । अभियान अन्तरगत नेकपा एमाले बाजुराले नेता कार्यकर्ताका लागि मार्तडीमा जिल्ला स्तरीय अभिमुखिकरण आयोजना गरेको छ । मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-३ का २२ वर्षिया राजु सिंहसंग उपचार गर्नका लागि आर्थिक अभाव हुँदा मलेसियामा उपचार हुन् सकेको छैन् । सिंह रोजगारीको सिलसिलामा दुई बर्ष अगाडि मलेसियामा काम गर्दै आएका थिए । कोभिडका कारण सिंहले काम गर्दै आएको कम्पनि बन्द भएपछि उनले मलेसियामै बसेर बङगुर फर्ममा काम गर्दै आएका थिए […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुरा उद्योग बाणिज्य संघ भोली बाजुराका सवै बजार बन्द गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध भोली मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गर्न लागेको हो । बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो । जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ । मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष […]