होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संस्थागत क्षमता स्वमूल्याकंनमा जगन्नाथ बाजुरामै पहिलो स्थानमा
समाचार

संस्थागत क्षमता स्वमूल्याकंनमा जगन्नाथ बाजुरामै पहिलो स्थानमा

  • नागरिक रैबार
संस्थागत क्षमता स्वमूल्याकंनमा जगन्नाथ बाजुरामै पहिलो स्थानमा

संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ ।

मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये जगन्नाथ गाउँपालिका शिर्षक १० मा पर्न सफल भएको हो । बाजुराका जगन्नाथ बाहेक अन्य कुनै पनि पालिका शिर्ष १० मा अटाएन सकेनन् । जगन्नाथ गाउँपालिकाले सय नम्बरको मूल्याकंनमा ७८.५ अंक ल्याएको छ ।

स्वमूल्यांकनका आधारहरु १० वटा आधार तथा विषय क्षेत्र रहेका छन् । जस्मा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना ब्यबस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन् ।

विज्ञापन

पालिकाको नेतृत्व र कर्मचारीको मेहनतले जिल्लाकै पहिलो र प्रदेशमा नवौ स्थान ल्याउन सफल भएको पालिकाले बताएको छ । गाउँपालिकाले राम्रो अंक ल्याएको र कार्य प्रगतिमा जिल्लाकै पहिलो भएकोमा गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले कर्मचारी र जनप्रतिनिधीलाई धन्यवाद सहीत आगामी दिनमा थप प्रगतिको शुभकामना दिएका छन् ।

राम्रो अंक ल्याउने जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही नेकपा एमाले बाजुराका पनि अध्यक्ष हुन् । उहाँको यो दोस्रो कार्यकाल हो । दुबै कार्यकालमा राम्रो काम गरेको जनस्तरबाटै प्रतिक्रिया आउने गरेको छ । जनता समेत सेवा प्रवाह र पालिकाको कार्यशैली प्रति सन्तुष्ट देखिएका छन् ।

सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये पहिलो भने महाकाली नगरपालिका दार्चला भएको छ । त्यस्तै गोदावरी नगरपालिका कैलाली दोस्रो, मोहोन्याल गाउँपालिका कैलाली, चौथो नौगाड गाउँपालिका दार्चुला, पाँचौ भीमदत्त नगरपालिका कंचनपुर, छैटौ पुर्चौडी नगरपालिका बैतडी, सातौ बर्दगोरीया कैलाली, आठौं मालिकार्जुन दार्चला नवौ जगन्नाथ गाउँपालिका बाजुरा र दशौं घोडाघोडी नगरपालिका कैलाली भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार