होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान
समाचार

बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान

  • नागरिक रैबार
बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान

नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो ।

जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले प्रथम स्थान हाँसिल गरेपछि उक्त अवसरमा मार्तडीमा आज खुसियालीका साथ बधाई ज्ञापन गरिएको हो । नगर भित्रका विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागितामा बिजयी जुलुस सहित मार्तडी बजार परिक्रमा गरी खुलामञ्चमा औपचारिक कार्यक्रम गरेर बधाई ज्ञापन गरिएको थियो ।

खप्तड छेडेदह गाउँपालिकाको दशरथ माविको खेलमैदानमा फागुन १२ गते देखि संचालन गरिएको १३ औं राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगितामा बडीमालिकाले अन्य ८ पालिकालाई पराजित गर्दै शिल्डको उपाधि जितेको थियो ।

विज्ञापन

प्रतियोगितामा बडीमालिका नगरपालिकाले २३ स्वणर्,७ रजत ५ कास्य सहित पहिलो स्थान हासिल गर्न सफल भएको छ । प्रथम स्थानहासिल गर्नेलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै ८ स्वणर् सहित त्रीवेणीले नगरपालिका दोर्सो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिती बाजुराले जनाएको छ । जिल्लाका ९ वटा पालिका मध्य ८ वटा पालिका मात्र राष्ट्रपति रनिङ शिल्डमा सहभागि भएका थिए ।

एक औपचारिक कायक्रमका बिच बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा गरिएको बधाई कार्यक्रममा बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, जिल्ला खेलकुद बिकास समितिका पदाधिकारी, सदरमुकाम मार्तडी भित्रका बिभिन्न बिद्यालयमा प्रधानाध्यापक, शिक्षक बिद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार