होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्ववियु सभापतिका दावेदार नेपाली बक्तृत्वकला प्रतियोगितामा प्रथम
समाचार

स्ववियु सभापतिका दावेदार नेपाली बक्तृत्वकला प्रतियोगितामा प्रथम

  • नागरिक रैबार
स्ववियु सभापतिका दावेदार नेपाली बक्तृत्वकला प्रतियोगितामा प्रथम

नागरिक रैबार/बाजुरा २६ फागुन।अनेरास्ववियु बाजुराका सह-सचिव प्रेम नेपाली बाजुरा क्याम्पसले आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा प्रथम भएका छन् ।

बाजुरा क्याम्पसको आयोजनामा फागुन १७ गतेदेखि संचालित खेलकुद सप्ताह अन्तरगत आयोजना गरिएको बक्तृत्व कला प्रतियोगितामा नेपालीले प्रथम स्थान हात पार्न सफल भएका हुन् ।

बाजुरा क्याम्पसमा आगामी चैत्र पहिलो साता हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट सभापति पदका दावेदार समेत रहेका नेपाली बाजुरा क्याम्पसमा शिक्षा शास्त्र संकाय छैटौं सेमेष्टरमा अध्ययनरत रहेका छन् ।

विज्ञापन

स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाजुरा क्याम्पसमा आयोजित खेलकुद सप्ताह अन्तरगत भएको बक्तृत्वकला प्रतियोगितामा नेपाली प्रथम, दोस्रो नरेन्द्र बिक, र तेस्रो सुरेन्द्र सेजुवाल र नन्दा थापा भएका थिए । बक्तृत्व कलाको शिर्षक दिगो बिकास रहेको थियो । प्रतियोगितामा ७ जना सहभागि भएका थिए ।

बाजुरा क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी नगरपालिकाका नगरप्रमुख कणर्बहादुर थापा रहेका थिए । भने विशिष्ट अतिथि बडीमालिका वडा नं ८ का अध्यक्ष चन्द्र बहादुर थापा रहेका थिए । कार्यक्रममा अनेरास्ववियु ,नेबिसंघ, क्रान्तिकारी र अनेरास्ववियु एसका बिध्यार्थी नेता उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार