होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथको ४ र ६ को वडा कार्यालयमा तालाबन्दी
समाचार

जगन्नाथको ४ र ६ को वडा कार्यालयमा तालाबन्दी

  • नागरिक रैबार
जगन्नाथको ४ र ६ को वडा कार्यालयमा तालाबन्दी

नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै २ वटै वडा कार्यालयमा तालाबन्दी गरिएको मनोज सिंहले बताएका छन् । उनका अनुसार गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी गरिएको हाे ।

गाउँपालिका तथा वडा कार्यालयहरुले कुनै पनि योजनाहरु कार्यान्वयन गर्दा आफू निकटका व्यक्तिहरुलाई मात्रै समेट्ने गरेकोले  वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको काँग्रेस गाउँकार्य समिति सचिव रामलाल बिष्टले बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री स्वरोजगारमा पनि वडा भित्र रहेका गरिब तथा विपन्न परिवारलाई छनोट नगरी वडाका प्रतिनिधि तथा रोजगारी भएका परिवारहरुलाई मात्र छनोट गरेकोले तालाबन्दी गरिएको  हाे।

विज्ञापन

उनले भने यस्ता मनोमानी काम सधै हुदै आइरहेका र पटकपटक विभिन्न मागसहित ज्ञापन पत्र समेत बुझाउँदा पनि माग सम्बोधन नभएकाले अन्तत प्रक्रियागत रुपमा आन्दोलित हुनु परेको बताएका छन् ।

तिनदिन देखि लगातार वडा कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयबाट प्रवाह हुने सम्पूण सेवाहरु रोकिएको भन्दै त्याँहाका नागरिकहरुले गुनासो गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार