होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ७, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा हुने महोत्सवको मिति सारियो, चैत्र ३ देखि १२ सम्म हुने
Breaking News

बाजुरामा हुने महोत्सवको मिति सारियो, चैत्र ३ देखि १२ सम्म हुने

  • नागरिक रैबार
बाजुरामा हुने महोत्सवको मिति सारियो, चैत्र ३ देखि १२ सम्म हुने

नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ ।

खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी गराएको हो ।

उद्योग, कृषि, पर्यटन र व्यापार, जडीबुटी संस्कृति समृद्ध बाजुराको आधार भन्ने मुल नाराका साथ आगामी चैत्र ३ देखि १२ गते सम्म महोत्सव संचालन गर्ने खप्तड मालिका युवा संजाल बाजुराका अध्यक्ष शुक्रराज बोहराले बताएका छन् ।

विज्ञापन

खप्तड मालिका युवा संजाल बाजुराले यहाँको पर्यटन, प्रर्वद्धन कृषि क्षेत्रको उत्पादन बढाएर बजारीकरण गर्दै जिल्लाको उद्योग पर्यटन कला संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यले बाजुरामा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका विभिन्न प्रस्तुतिका साथै बाजुराली संस्कृति झल्कीने देउडा, भुवाचाली, अनन्ते लगायतका प्रस्तुतिहरु रहने आयोजकले बताएको छ ।

महोत्सवमा प्रमुख आकर्षकका रुपमा भुवा नाँच, लाखे नाच, अनन्ते नाच, भुवा चाली, बालो नाच, हुर्केउली, भोटे सेलो, लाखे नाच सहीतका स्थानीय झाँक्री रहने छन् । भने कोदो, फापर, जौ, उवा, चिनो र कागोनोका विभिन्न परिकार खान पाईने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार