होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-३ मा विद्युत लाईन विस्तारको काम अलपत्र
समाचार

बडीमालिका-३ मा विद्युत लाईन विस्तारको काम अलपत्र

  • नागरिक रैबार
बडीमालिका-३ मा विद्युत लाईन विस्तारको काम अलपत्र

नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ ।

मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष डवल रोकायाले बताएका छन् ।

विद्युतको लाईन विस्तारका लागि पोलहरु गाड्ने सम्झौता गरेको ठेकेदार कम्पनिले समयमै काम सम्पन्न नगरी अलपत्र छाडेपछि वडाबासीलाई नेपाल विद्युत प्राधिकरणको गुणस्तरीय सेवा उपभोग गर्न समस्या भएको वडा अध्यक्ष रोकायाले बताएका छन् ।

विज्ञापन

नेपाल विद्युत प्राधिकरण संग ठेक्का सम्झौता गर्दा अमृत कन्ट्रक्सन प्रालिका ठेकेदार भानुभक्त जोशीले ३ वर्ष भित्र विद्युतको लाईन विस्तारका लागि नयाँ पोल गाड्ने काम सक्ने भनेको भएपनि अहिलेसम्म ठेकेदार कम्पनि सम्पर्कमा नआएको बडीमालिका ३ का पुर्व वडा अध्यक्ष विरबहादुर रावलले बताएका छन् ।

बडीमालिका ३ मा विद्युतको लाईन विस्तार र पोल गाड्ने कामलाई ठेकेदार कम्पनिले अधुरै छाडेर सम्पर्क विहिन भएको भन्दै वडा अध्यक्ष डवल रोकायाको नेतृत्वमा आज नेपाल विद्युत प्राधिकरण शाखाको ध्यानाकर्षण गराएका छन् ।

गाउँमा विद्युतका पोलहरु गाड्ने कार्य अधुरै छाडेर विद्युतको लाईन विस्तार कार्यमा ढिलाई गरेकोले अवको एकहप्ता भित्र ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याएर काम गराउन रजालीबासीले नेपाल विद्युत प्राधिकरण बाजुरासंग माग गरेको छ ।

ठेकेदार कम्पनिले विद्युतको पोल गाड्ने काम सूरु गरी विचमा छोडेर अलपत्र पारेको र पटकपटक ठेकेदारसंग समन्वय गर्दा समेत सम्पर्कमा नआएकोले नेपाल विद्युत प्राधिकरण शाखालाई रजालीबासीले ध्यानाकर्षण गराएका छन् ।

.No description available.

ठेकेदार कम्पनिले अवको एकहप्ता भित्र सम्पर्कमा आएर विद्युतको लाईन विस्तार र पोल गाड्ने काम अगाडी नबढाए विद्युतको कार्यालयमा तालावन्दी गर्न बाध्य हुने पूर्व वडा अध्यक्ष विरबहादुर रावलले चेतावनी दिएका छन् ।

यता बाजुरा वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख लोकराज जोशीले रजालीबासीको समस्याको समाधान गर्न आफुहरु लागि परेको बताएका छन् । त्यस्तै ठेकेदार कम्पनिका भानुभक्त जोशीले पनि अवको एकहप्ता भित्र विद्युत लाईन र पोल गाड्ने काम अगाडी बढाउने आश्वासन दिएका छन् ।

वि.स. २०५५ सालमा पहिलोपटक रजाली गाउँमा विद्युतको लाईन विस्तार भएको थियो । विद्युत लाईन विस्तार भएको दुई दशकबढी भएकोले पुरानो विद्युतका पोलहरुमा खिया लागेपछि जोखिम् बढ्दै गएको पूर्व वडा अध्यक्ष रावलले बताएका छन् । रजालीमा करिव डेढ सय घरधुरीले विद्युत सेवा उपभोग गरिरहेका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार