होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगामा १ महिने कटाई सिलाई तालिम संचालन
बाजुरा बिशेष

बुढीगंगामा १ महिने कटाई सिलाई तालिम संचालन

  • नागरिक रैबार
बुढीगंगामा १ महिने कटाई सिलाई तालिम संचालन

नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बुढिगंगा नगरपालिकाले सेवा क्षेत्र भित्रका नागरिकलाई लक्षित गरेर एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन गरेको छ ।

बुढीगंगाका नागरिकहरुलाई कटाई सिलाई बाटै जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताएका छन् ।

कटाई सिलाई सम्वन्धि घरमै काम गरिरहेका युवाहरुलाई व्यवसायीक बनाउने उदेस्यले सो तालिम दिन लागेको मेयर बानियाँले बताएका छन् ।

विज्ञापन

बुढिगंगा नगरपालिकाको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय बाजुराको साझेदार र साहस नेपालको सहकार्यमा उक्त तालिम आजबाट फालासेनमा सूरु गरिएको हो । एक महिने कटाई सिलाई तालिममा सहभागिहरुलाई कोट, पाइन्ट, निजामति पोषाक सिलाई गर्ने सम्वन्धि सिकाईने भएको छ । तालिममा नगरभित्रका १० जना बढी सहभागि छन् ।

स्वास्थ्य शाखा प्रमुख दीपक शाहको अध्यक्षतामा संचालन गरिएको तालिमको आज एक कार्यक्रमका विच बुढीगंगाका मेयर रामबहादुर बानियाँले उद्ध्घाटन् गरेका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति बाजुराका सदस्य हिक्मत थापा, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रमुख मान बहादुर चाँड रहेका थिए ।

घरेलु तथा साना उद्योग बिकाश कार्यालय बाजुरामा पदम ऐरले संचानल गरेको सो कार्यक्रममा पत्रकार, कटाई शिलाई तालिमका प्रशिक्षक लगायत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि