होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार
समाचार

हिमालीको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार

  • नागरिक रैबार
हिमालीको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार

नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको मिनिट्रक हिमाली गाउँपालिका ४ को तिथिचौरमा दुर्घटना भएको छ ।

कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको सु.प.प्र. ०१००१ ख २४९४ नम्बरको मिनीट्रक दुर्घटना भएको कणर्ाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाले बताएको छ ।

मिनिट्रक दुर्घटनापछि तिथिचौरमा रहेको नेपाली सेनाको पोष्टबाट गएको टोलीले उद्धार गरेको दुर्गाभन्जन गुल्म बाजुराका गुल्मपती दिवाकर खड्काले बताएका छन् ।

विज्ञापन

मिनिट्रक ब्रेक फेल भएर सडकबाट करिव १५ मिटर तल खसेको तिथिचौर स्थित नेपाली सेनाले जनाएको छ । दुर्घटनामा परि चालक सहित २ जना घाईते भएका छन । घाईते हुनेमा चालक पुस्करसिंह धामी र अर्का सहचालक रहेका छन ।

दुर्घटनाग्रस्त ट्र्कबाट चालक पुस्कर सिंह धामी र सहचालकलाई शकुसल उद्धार गरिएको दुर्गाभन्जन गूल्म बाजुराले जनाएको छ । उक्त ट्रकमा भएको राशनजन्य सामानहरु लाई सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार