होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ढम्कनेका कृषकलाई आलु खेतिमा आत्मनिर्भर बनाईने
समाचार

ढम्कनेका कृषकलाई आलु खेतिमा आत्मनिर्भर बनाईने

  • नागरिक रैबार
ढम्कनेका कृषकलाई आलु खेतिमा आत्मनिर्भर बनाईने

नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ मा स्थित ढम्कनेका कृषकहरुलाई आलु खेतीमा आत्मनिर्भर बनाईने भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा सवै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको ढम्कनेका कृषकहरुलाई आलु खेतिमा आत्मनिर्भर बनाउन लागेको हो ।

No description available.

विज्ञापन

मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले लिवर्ड पोखराका प्राविधिक सहितको टिमलाई लिएर ढम्कनेका कृषकहरुलाई आलुबालीमै आत्मनिर्भर बनाउने गरी कृषक पाठशाला संचालन गरेर उनीहरुको खेतबारीमा आलु बाली लगाउने तरिका बारे सिकाईएको छ ।

No description available.

बडीमालिका वडा नम्वर ७ को समन्वय तथा कृषि ज्ञान केन्द्रको सहयोगमा लिवर्ड पोखराको प्राविधिक टिमले ढम्कनेको आलुको जात पहिचान गर्ने र विउ प्रमाणिकरणका लागि आलुको अनुसन्धान, आलु वालिमा रोगकिराको व्यवस्थापन र कम्पोष्ट मल बनाउने तरिका, आलुका प्रजाती, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर कार्यक्रम संचालन गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

May be an image of 12 people, people standing and outdoors

ढम्कनेका कृषकहरुले वर्षेनी आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादनमा आगामी वर्षहरुमा वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले ३० ठाउँबाट आलुका प्रकारहरु संकलन गरी कृषकहरुको खेतबारीमै कृषक पाठशाला संचालन गरेर आलुबाली लगाईएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरीप्रसाद पनेरुले बताएका छन् ।

No description available.

ढम्कनेबासीको प्रमुख आम्दानीको श्रोतका रुपमा रहेको आलु बाली भएकाले आलु बालीको जात पहिचान गर्ने उद्देश्यले कृषककै खेतवारीमा गएर कृषक पाठ शाला मार्फत आलु बालीमा सहभागिता मुलक जातीय सुधार कार्यक्रम गरिएको थियो ।

May be an image of 9 people, people standing and outdoors

ढम्कनेमा मात्र १ जना कृषकले प्रत्येक वर्ष २० देखि ६० क्विन्टल आलु उत्पादन गर्ने गरेका छन् । करिव १ सय बढी घरधुरी रहेको ढम्कनेका सवैले आलु खेति गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार