होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाभित्र रहेका टोल विकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न १ दिने सिप विकास तालिमको आयोजना गरेको छ । ९ नम्वर वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका विभिन्न १६ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुराकाे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा कृषकहरुको बारीबाट उत्पादन हुने खाद्य बस्तुको भण्डारणका लागि बनाउन लागिएको शीत भण्डार गृह निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र धुलाचौरमा करिव २ करोडको लगानिमा निर्माण हुन् लागेको शीत भण्डार गृह निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । […]
नागरिक रैबार। बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ। जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि रचना विक भारतको मुम्वइबाट बेपत्ता भएकि छन् । रोजगारीको शिलसिलामा भारतको मुम्वईमा श्रीमान गणेश विकसंगै बस्दै आएकि रचना ५ दिनदेखि एकाएक वेपत्ता भएकी हुन् । मुम्वइमा श्रीमानसंगै रहेकी रचना आफ्नो बहिनीलाई भेट्न भनेर गएकी भएपनि आजसम्म घरपरिवार कसैको सम्पर्कमा नआएको उनका कान्छा ससुरा पुर्णबहादुर […]
नागरिक रैबार। अनेरास्ववियु बाजुराले स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन गरेको छ । नेकपा एमालेका नेता एवं मन्त्री समेत रहेका स्व. अधिकारीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरि छैटौं स्मृति दिवस मनाइएको हो । अधिकारीको पर्यटन मन्त्री भएकै बेला २०७५ साल फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा मन्त्री अधिकारी […]
नागरिक रैबार। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मगलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित […]
नागरिक रैबार/बाजुरा १५ फागुन।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्मामा स्थित कर्णाली नदिले बगाएको झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको छ । २०७९ असोज १९ देखि २४ गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकास्थित बेर्मा–वालुवा जोडने झोलुङ्गे बगाएको […]
बाजुरा । बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाकाे बुढीनन्दा नगरपालिका- ७ स्थित कारकेलामा निर्माण गरिएको नेपाल टेलिकमकाे टावर अज्ञात समूहले ताेडफाेड गरेकाे पाईएकाे छ । साविकको पाण्डुसैन गाविसका नागरिकलाई टेलिफोनकाे सहज पहुँचमा ल्याउने गरि निर्माण गरिएको नेपाल टेलिकमको टावर आईतबार राति अज्ञात समुहले तोडफोड गरेकाे नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन् । आइतबार राति बुढीनन्दा नगरपालिका-७ कारकेलाको ढाडनौलामा […]
बाजुरा– बाजुरामा यहि फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने अभियान अनुसारमा बाजुरामा फागुन १३, १४ र १५ गते दादुरा-रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो । बुधवार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको दादुरा-रुबेला खोप अभियान २०८०।८१ […]
नागरिक रैबार/बाजुरा ९ फागुन। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव आरसी रोकायाले आफ्नो जन्मदिनकाे अवसरमा विरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन् । विरामीको स्वास्थ्य लाभ र विद्यार्थीको शैक्षिक सुधारको कामना सहीत जन्मदिन मनाएको आरसी रोकायाले बताएका छन् । जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना भएका […]
नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका ९ स्थायी घर भएका जयबहादुर उखेडा र स्मृति शाहीको स्वरमा रहेको पुर्वकी छोयाट्टी गीतको छायाङकन महेन्द्रनगरमा गरिएको छ । कलाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरको अभिनयमा पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न भएको छ । कञ्चनपुरको विभिन्न स्थलमा देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन गरिएको हो । खप्तड डिभिजट म्यूजिकको आयोजनामा नयाँ बजारमा […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन् । थापा मंगलबार प्रदेशको आयुक्तमा नियुक्त भएका हुन् । सामाजिक विकास मन्त्री झपड बहादुर साउँदले थापालाई प्रदेश आयुक्तमा निर्वाचित गरेका हुन् । प्रदेश स्तरीय स्काउट परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार सामाजिक विकास मन्त्रालय प्रदेश मन्त्रीलाई छ । […]
बाजुरा– वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा […]
बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले जनाएको […]
नागरिक रैबार/ बाजुरा। नेकपा एमाले बाजुराका अध्यक्ष भरतबहादुर थापाले बुढीगंगा नगरपालिका– २ बल्देमा रहेको अनाथालयलाई सहयोग गरेका छन् । शनिबार आफ्नो जन्मदिनको अवसर पारेर एमाले बाजुराका अध्यक्ष थापाले फजुल खर्चलाई रोकेर विपन्न र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् । पार्टीका सचिव हुँदा गत वर्ष पनि जन्मदिनको अवसरमा कन्सर्न बाजुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री पाँच […]
नागरिक रैबार/बाजुरा १ फागुन। बाजुराकाे बुढीगंगा नगरपालिका- ७ काे वडा कार्यालयमा लगाईएकाे ताला २३ दिनपछि खुलेकाे छ । बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँको उपस्थितिमा आज २३ दिनपछि वडा कार्यालयकाे ताला खुलाईएकाे हाे । वडामा रहेका समस्या आगामी दिनमा सहकार्य र छलफलका आधारमा समाधान गर्ने सहमति अनुसार वडामा लगाएकाे ताला खुलाईएकाे हाे । माघ ९ […]
बाजुराः सुदूर पहाडका विकट वस्तीमा खाद्यन्नको आपुर्ति सहज छैन्।समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यन्नको ढुवानी नगर्दा स्थानीयले दुःख पाउने गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड नै लाग्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड नै लाग्ने गरेको हो। सो […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा […]