होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • विद्युतको तार सर्ट हुदाँ बुढीनन्दामा एक घरमा आगलागी
बाजुरा बिशेष

विद्युतको तार सर्ट हुदाँ बुढीनन्दामा एक घरमा आगलागी

  • नागरिक रैबार
विद्युतको तार सर्ट हुदाँ बुढीनन्दामा एक घरमा आगलागी

बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो ।

बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, एक ल्याप्टप लगायतको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि अनुमानित १ लाख ५० हजार बराबरको धनमाको क्षति भएको बताईएको छ । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको हो । आगलागीको एकीन विवरण प्रहरीको मुचुल्कापछि मात्रै थाहा हुने बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि