होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अखिल नेपाल किसान महासंघ बाजुराको अध्यक्षमा खड्का
Breaking News

अखिल नेपाल किसान महासंघ बाजुराको अध्यक्षमा खड्का

  • नागरिक रैबार
अखिल नेपाल किसान महासंघ बाजुराको अध्यक्षमा खड्का

बाजुरा। अखिल नेकपा किसान महासंघ बाजुरामा नयाँ नेतृत्व चयन गरिएको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट प्रसाद खड्का अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको हो । खड्का यस अघि किसान महासंघको जिल्ला संयोजक रहनु भएको थियो ।

पार्टी कार्यालय बाजुरामा आयोजना गरिएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय सचिव तारा खातीले गरेकी हुन् । भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहनु भएको थियो । उद्घाटन सत्रपछिको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व छनोट गरिएको किसान महासंघका केन्द्रीय सदस्य एवं अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण खड्काले बताएका छन् ।

खड्काको नेतृत्वमा अधिवेशन सम्पन्न गर्न दिलबहादुर थापा भोटे र गोपाल खड्का सदस्य रहेका थिए । सर्वसम्मत चयन गरिएको समितिमा उपाध्यक्ष हिराबहादुर सिंह, महिला उपाध्यक्षमा चमेल विक रहेकी छन् ।

विज्ञापन

यस्तै सचिवमा कर्णबहादुर दानी, उपसचिव विरमल सार्की, रतन बुढा, कोषाध्यक्षमा सारु विक रहेकी छन् । सदस्यमा आइते चदारा, जंग चदारा, रामबहादुर खड्का, प्रकाश दानी, ज्ञानबहादुर थापा, विष्णु रोकाया, कालु नाथ, तिलक विक, चम्फा बोहरा, देवीशरण उपाध्यक्ष सहीत २१ जना रहेका छन् । बाँकी सदस्य पहिलो बैठकबाट थप गर्ने नवनिर्वाचित अध्यक्ष प्रसाद खड्काले बताएका छन् ।

कर्णबहादुर दानीले सञ्चालन गरेको कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, किसान महासंघका प्रदेश अध्यक्ष मदन रेग्मी, नगर प्रमुख अमर खड्का सहीतले मन्तव्य राख्नु भएको थियो ।

बोल्ने बक्ताहरुले अब पार्टी राजनीति संगठन निर्माणसँगै उत्पादन र आत्मनिर्भरतिर अघि बढ्न आग्रह गरेका छन् । कमिटी पूर्ण रुपमा निर्माण अधुरै राख्ने, सदस्यता एकीन नगर्ने र पार्टीसँग समन्वय नै नगर्ने कुरामा पनि नेकपा एमालेका सबै जनसंगठनहरु एकठाउँमा आउनु पर्ने सुझाव नेताहरुको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि