होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाले गर्याे व्यवसायीलाई करको दायरामा ल्याउन सराेकारवालासंग छलफल
Breaking News

बडीमालिकाले गर्याे व्यवसायीलाई करको दायरामा ल्याउन सराेकारवालासंग छलफल

  • नागरिक रैबार
बडीमालिकाले गर्याे व्यवसायीलाई करको दायरामा ल्याउन सराेकारवालासंग छलफल

नागरिक रैबार/बाजुरा १८ चैत।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र विभिन्न व्यवसायी गर्दै आएका  व्यापारीलाई करको दायरामा ल्याउने गरि सराेकारवाला निकायसंग छलफल गरेकाे छ ।

बडीमालिका नगरपािलकाको राजश्व शाखाको आयोजनामा व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी स्थानीय जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, घरेलु तथा साना उद्याेग कार्यालय, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागितामा छलफल गरिएको हो ।

नगरपालिका भित्र संचालन गर्नुपर्ने व्यवसायहरु नगरपालिकामै दर्ता र नविकरण नगर्दा व्यवसायीहरुलाई मर्का परेको भन्दै कार्यविधि बनाउनका लागि बैंक तथा वित्तिय संस्थाहरुले घरेलुमा दर्ता भएका व्यवसायहरुलाई मात्रै ऋण उपलब्ध गराउने भएको र स्थानिय सरकारमा दर्ता भएका व्यवसायीहरुलाई ऋण उपलब्ध नगराउने भएकाले स्थानिय व्यवसायीकाे सहजताका लागि सराेकारवाला निकायसंग छलफल गरेकाे बडीमालिका नगरपालिकाको राजश्व शाखाका प्रमुख कृष्ण खड्काले बताएका  छन् ।

विज्ञापन

स्थानिय सरकारलाई पनि व्यवसाय दर्ता, नविकरण र व्यवसाय संचालन गर्ने अधिकार स्थानिय सरकार संचालन ऐन २०७४ मा उल्लेख भएको तर प्रदेश अन्तरगतको घरेलु तथा साना उद्याेग कार्यालयले स्थानिय सरकारमा दर्ता भएका व्यवसायलाई अनुदान नदिने र बैंक तथा वित्तिय संस्थाहरुले ऋण उपलब्ध नगराउने भएकाले स्थानिय व्यवसायीलाई व्यवसाय संचालन तथा परिचालन गर्न निकै असहज भएकाले सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

बैठकमा प्रदेश सरकारलाई स्थानिय सरकारलाई प्राप्त अधिकार कार्यान्वयनका लागि सहजिकरण गर्ने र कार्यविधि नबन्दासम्म तत्कालका लागि नगरपालिका र घरेलु विकास समितिमा दर्ता भएको व्यवसाय एउटै हो भनी प्रमाणित गरेको प्रमाणले स्थानिय सरकारमा व्यवसायलाई अनुदान दिने र बैंक तथा वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराउने वातावरण सृजना गर्ने लगायतका बिषयमा छलफल भएको छ ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, घरेलु तथा साना उद्याेग विकास कार्यालय, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरु लगायत पत्रकारको  सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै