होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका- २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरियाे
समाचार

बडीमालिका- २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरियाे

  • नागरिक रैबार
बडीमालिका- २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरियाे

नागरिक रैबारबाजुरा १२ जेठ/बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गाेठमुक्त वडा घाेषणा गरेका हुन् ।

विज्ञापन

बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाकाे समन्वय  र २ नम्बर वडा कार्यालयकाे  आयाेजनामा वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे हाे ।

वडामा रहेका महिला, किसाेरीहरूकाे सकृयतामा परम्परागत छाउपडी गाेठहरू भत्काएर घरभित्रै बस्न थालेपछि वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे महिला तथा बालवालिका शाखाकि प्रमुख केशरी राेकायले बताएकी छन् ।

छाउपडी गाेठमुक्त घाेषणाका लागि वडामा रहेका सबै टाेलहरूमा महिला तथा बालवालिका शाखा र वडा कार्यालयकाे अगुवाईमा सयुक्त अनुगमन गर्दा वडामा रहेका राजनीतिक दल, किशाेर किसाेरी संजाल, बालक्लव, शिक्षक, शिक्षिका, धामीझाँक्री, पुराेहितहरूले छाउपडी प्रथा नमान्ने भनेपछि वडालाई छाउपडि गाेठमुक्त वडा घाेषणा गरिएकाे महिला तथा बालवालिका शाखाकी विन्दु बडालले बताएकी छन् ।

वडामा रहेका २ सय ७० घरधुरी बसोबास गर्ने गर्दछन्। ती सबै  परिवारले छाउपडी महिला, किसाेरीरूलाई घर भित्र सुरक्षित बस्न दिने खानपानमा विभेद नगर्ने, छाउपडी भएको बेला आराम गर्न दिने  प्रतिवद्धता जनाएपछि वडालाई छाउगाेठ मुक्त वडा घाेषणा गरिएको वडा अध्यक्ष डम्बरबहादुर महतले बताएका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष डम्बरबहादुर महतकाे अध्यक्षतामा संचालन गरिएकाे छाउपडी गाेठमुक्त वडा घाेषणा कार्यक्रममा प्रमुख अतिथि बडीमालिकाका मेयर अमरबहादुर खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त  पाैडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी दिलिप गिरी, शसत्र प्रहरी प्रमुख शंकर तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदमबहादुर सिंह लगायत स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रमकाे संचालन महिला तथा बालबालिका शाखाकी विन्दु बडालले गरेकि थिईन् ।

कार्यक्रममा छाउपडी सम्बन्धि जनचेतनामूलक देउडा खेल सहीत साँस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो। यस अघि बडिमालिका नगरपालिकाका ३,४,५,६,९ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा भईसकेका छन् भने आगामी वर्ष ७ र ८ नम्बर वडालाई घाेषणा गर्ने तयारी रहेकाे महिला तथा बालवालिका शाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै