होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुराका ७ हजार बढी बालबालिकालाई आईपिभी खोप लगाईँदै
स्वास्थ्य-जीवनशैली

बाजुराका ७ हजार बढी बालबालिकालाई आईपिभी खोप लगाईँदै

  • नागरिक रैबार
बाजुराका ७ हजार बढी बालबालिकालाई आईपिभी खोप लगाईँदै

बाजुरामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाजुरामा पनि सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय बाजुराले शनिवार आई. पि. भी खोप अभियान सम्बन्धी मार्तडीमा जिल्ला स्थित संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैै खोप अभियानको जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउने तयारी रहेको छ ।

विज्ञापन

आई. पि. भी खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका ७ हजार ३ सय १९ बालबालिकाहरुलाई खोप लगाइने कार्यालय प्रमुख चन्दले बताएका छन् । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने भएको छ ।

जिल्लामा तीन सय खोप केन्द्र तोकेर खोप लगाइने उमेर समूहका बालबालिकाहरु सबै विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सो खोप केन्द्रमा तीन सय स्वास्थ्यकर्मी र ६ सय स्वयम् सेवक खटिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै