होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हुलाक कार्यालयका कर्मचारीको सक्रियतामा पक्की बाटो निर्माण
Breaking News

हुलाक कार्यालयका कर्मचारीको सक्रियतामा पक्की बाटो निर्माण

  • नागरिक रैबार
हुलाक कार्यालयका कर्मचारीको सक्रियतामा पक्की बाटो निर्माण

नागरिक रैबार/बाजुरा २२ जेठ।जिल्ला हुलाक कार्यालय बाजुराका कर्मचारीहरुको सक्रियतामा करिव ३० मिटर पक्की बाटो निर्माण गरिएको छ ।

जिल्ला हुलाक कार्यालय बाजुरामा कार्यरत कर्मचारीहरुको व्यक्तिगत लगानी र जनश्रमदानबाट मार्तडी बजारको खुलामंच जाने मुख्य सडकबाट हुलाक कार्यालय सम्म जाने करिव ३० मिटर बाटो पक्की गरिएको हो ।

हुलाकका कार्यालय बाजुरामा कार्यरत १२ जनाबाट प्रतिव्यक्ति ५ हजार रकम संकलन गरेर पक्की बाटो निर्माण गरिएको कार्यालय प्रमुख बुद्धबहादुर सोमैले बताएका छन् । कार्यालय प्रमुख सोमैका अनुसार बडीमालिका नगरपालिकासंग हुलाक कार्यालयसम्म जाने बाटो बनाई दिन आग्रह गर्दापनि नगरपालिकाले कुनै चासो नदेखाएपछि कार्यालयसम्म जाने बाटो आफैले निर्माण गर्नुपरेको हो ।

विज्ञापन

विगत लामो समय देखि जिल्ला हुलाक कार्यालयसम्म जाने बाटो साँघुरो र कच्ची रहेको थियो । कर्मचारीहरुको आफ्नै लगानीमा कार्यालय सम्म जोड्ने पक्की बाटो निर्माण भएपछि साना हलुका सवारी साधानहरु कार्यालयको गेटसम्म चल्ने भएका छन् ।

कार्यालय अगाडि जिल्ला समन्वय समितिको सरकारी निवास भएको र जिल्ला समन्वय समितिले समेत हुलाक कार्यालयसम्म पक्की सडक निर्माण गर्नका लागि जग्गा उपलव्ध गराएको कार्यालय प्रमुख सोमैको भनाई छ ।

यस अघि हुलाक कार्यालय सम्म जाने बाटो पक्की र साँगुरो भएपछि सेवाग्राहीहरुलाई कार्यालय सम्म जान समस्या हुने गरेको थियो । बजारको मुख्य सडकबाट हुलाक कार्यालयको गेटसम्म जाने बाटो पक्की बनेपछि सेवाग्राहीहरुलाई सहज भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि