होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबाट बिद्यार्थी बाेकेर रारा जाँदै गरेकाे जीप दुर्घटना, ११ जना घाईते
देश/प्रदेश

बाजुराबाट बिद्यार्थी बाेकेर रारा जाँदै गरेकाे जीप दुर्घटना, ११ जना घाईते

  • नागरिक रैबार
बाजुराबाट बिद्यार्थी बाेकेर रारा जाँदै गरेकाे जीप दुर्घटना, ११ जना घाईते

बाजुरा। बाजुराबाट शैक्षिक भ्रमणका लागि मुगुकाे राराताल तर्फ जाँदै गरेकाे जीप मुगुमा दुर्घटना भएकाे छ । बुढीनन्दा नगरपालिका-२ मा रहेकाे जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका लागि राराताल तर्फ जान लागेकाे जीप दुर्घटनामा परेकाे हाे ।

जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएकाे प्रारम्भिक सुचना छ ।  मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना भएकाे जनाएकाे छ ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा शिक्षक र विद्यार्थी घाइते भएको प्रहरी जनाएको छ ।

विज्ञापन

रारा शैक्षिक भ्रमणका लागि गएका कक्षा १० मा अध्ययरत विद्यार्थी चढेको ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएको श्रीकोट रोल प्रहरी चौकीका प्रहरी हवल्दार राजेन्द्र मल्लले बताएका छन । घाइते हुनेमा ११ जना विद्यार्थी, २ जना शिक्षिका र जीप चालक रहेको प्रहरी हवल्दार मल्लले बताए ।

जाम हिलटपको उकालोमा चढ्न नसकेर जीप दुर्घटना हुँदा विद्यार्थी सर्मिला साहानी, लक्ष्मी रोकाया, प्रियाङ्का गिरी, ज्योती रोकाया, दिपीका रावत, विमला विष्ट, निशा दमाई, पशुपति बोहोरा, करुणा महत, सुरज शाही, रेजिना कार्की, शिक्षिका सुशिला गिरी, निर्मला भण्डारी र जीप चालक लाल बहादुर भण्डारी घाइते भएको जनाएकाे छ ।

घाइते विद्यार्थी, शिक्षिका र चालकको खत्याड गाउँपालिका रहेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भैरहेको छ । प्रहरी हवल्दार मल्लका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ । आज बिहान जन प्रकाश माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थी गरेर ४२ जना शैक्षिक भ्रमणका लागि रारा गए थिए । दुर्घटनाकाे कारण भने खुलेकाे छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै