होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित विक/ बाजुरा ३ असार । सुख्खा याम संगै सदरमुकामा मार्तडीमा खानेपानीको अभाव भएको छ । विगतदेखि खानेपानी समस्या झेल्दै आएका सदरमुकाम बासी फेरि पनि समस्या भोग्न बाध्य बनेका छन् । विगत दुई महिनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी काकाकूल बन्दै गएका छन् । बडीमालिका नगरपालिकाले […]
धर्मराज सुनार/बाजुरा २ असार। बुढीनन्दा नगरपालिकाको कोल्टीमा मुक्त हलियाको वर्तमान अवस्था र समस्याका बारेमा नगरपालिका भित्रका सरोकारवाला निकाय वीच छलफल गरिएको छ । मुक्त हलियाको न्यायिक पुर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ छलफल कार्यक्रम कोल्टीमा गरिएको हो । स्थानीय तह र सरोकारवालालाइ हलियाको सवालमा साझा बुझाइ गराउने […]
रामबहादुर विक/ बाजुरा २ असार । सदरमुकाम मार्तडीमा सोमबार विहान ट्याक्टर दुर्घटना भएको छ । बाहुली खोलाबाट ढुङ्गा ल्याएर सदरमुकाम मार्तडीबजार आउँदै गरेको से १ त १०४२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सहरी विकासको आर्थिक सहयोगमा र पुस्प रोकायाको ठेक्कामा निर्माण हुन लागेको भम्कीचौरदेखि खुलामंच सम्मको उक्त सडक खण्डमा पर्ने थापाबाडा नजिकै ट्याक्टर दुर्घटना […]
मदन विक / बाजुरा १ असार । बाजुराको बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरीले बत्ती बाल्न नपाएको वर्षौ भएको छ । सल्लेनाबासीले अँझैपनि सल्लाको झरो बालेर रात विताउन बाध्य भएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका १ सल्लेनामा अहिले सम्म विद्युतको व्यवस्था हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम […]
राम बहादुर बि.क.नागिरक रैबार/ बाजुरा १ असार । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सीता पाध्या रहेकी छन् । उनी शनिबार साँझ गाईबस्तुका लागि गांँउ नजिकै रहेको काउला भिरमा घाँस काट्न गएको वेला चिप्लेर भिरबाट लडेर उनको […]
अनिल शाही/ नागरिक रैबार बाजुरा ३२ जेठ । रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी कोल्टीमा आयोजना गरिएको हो । शनिबार कोल्टीमा आयोजना गरिएको सो गोष्ठीमा स्थानिय रैथाने बालीको महत्व, त्यसको प्रयोगले स्वास्थ्यमा पर्ने प्रभाव, पोषणको अवस्था लगायतका विषयमा जानकारी प्रदान गरिएको हो । […]
रमित बि.क /जेष्ठ ३० बाजुराको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा जीप दुर्घटना भएको छ । बिहिबार दिउँसो करिब ३ः४५ बजेको समयमा ५५२ नम्बरको जीप उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिनुभएको छ । घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक […]
बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनी सम्बन्धीत निकायको चासो नहुदा अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । २ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी असार […]
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]
कृर्षि जढिबुढी उद्योग,पर्यटन र व्यापार, समृद्धप्रर्बदन बाजुराका लागी विकासको आधार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा जेठ तीन गतेबाट शुरु भएको महोत्सव बिहिबार समापन भएको छ । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार राज्य मन्त्री जनकराज गिरी रहेका थिए । समापन समारोहको प्रमुख अथितिको साथमा बोल्दै गिरीले अव बाजुरा देशको ७७ औं जिल्लाकोरुममा […]
अपराध रोकथामका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । कार्यक्रमलाई दीर्घकालिनरुपमा अगाडी बढाउन स्थानिय सरकारसँग सहमती गरी गाउँघरमा घट्ने घटना न्यूनीकरणका लागी साझेदारी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी उद्धबसिंह भाटले बताए । कार्यक्रम एक बर्ष अगाडी देखी ७७ ओटै जिल्लामा लागु भएको भाटले बताए । नेपाल प्रहरीले स्थानिय […]
सुदुर पश्चिम क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा र जिल्ला प्रहरी कार्यलय बाजुराको समन्वयमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको छ । शिबिर सदरमुकाम मार्तडीमा सञ्चालन भएको छ । निशुल्क स्वास्थ्य शिबिर बाट प्रहरी, पुर्व प्रहरी र स्थानियलाई निशुल्क सेवाका लागि यो शिबिर सञ्चालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएस्पी उद्धब सिं भाटले वताएका छन् । शिबिरमा […]
बडीमालिका नगरपालिकामा नगर स्तरिय प्रथम राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माद्यामीक बिद्यालय बनेको छ । १३ स्वर्ण, ८ रजत, १ कास्य छात्रा र १५ स्वर्ण ११ रजत, १ कास्य , २७ छात्र गरि ४९ मेडल सहित प्रथम स्थान हाँसील गरेको छ । १० गते देखी संचालन भएको खेलकुद प्रतियोगिता मा बडीमालिका नगरपालिकाका १० ओटा […]
बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार राति ४ बजेदेखी आगलागी भएको स्थानीयले बतएका छन् । उक्त नरपालिका ६ कोर्धमा रहेको बडीमालिका सामुदायिक वन र सल्लेनामा रहेको सल्लेना सामुदायिक वनमा आगलागी भएको स्थानियले बताएका हुन् । सोमबार ४ बजेबाट आगलागी भएको आगो स्थानियको सक्रियतामा नियन्त्रण भईसकेको बडीमालिका नगरपालिका वडा नं १ का वडाअध्यक्ष […]
बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले मदिरा कारोबार र प्रयोगलाई साउन १ गते देखी व्यबस्थित गर्ने भएको छ । यसका लागि मदिराजन्य वस्तु उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनलाई व्यबस्थित गर्ने सम्बन्धमा बडीमालिका नगरपालिका भित्रका मदिरा ब्यापारी र सरोकारवालासँग छलफल गरिएको छ । बडीमालिका नगरपालिकाले गरेको अन्तत्र्रिmया कार्यक्रममा मदिराजन्य वस्तु बिक्री वितरण, प्रयोग र सेवनको विद्यमान अबस्था, […]
हिमाली गाँउपालिका ६ धिम गाँउको भेडेमुल खानेपानि लाखौ भष्ट्रचार भएको पाईएको छ । अनुदान र श्रबदान गरि १ करोड बराबरको योजनामा लाखौ रुपैया अनियमित भएको खुलाशा भएको छ । खानेपानि योजना ५ सय परिवारलाइ लक्षित गरि निर्माण हुन लागेको हो । योजनाको मुहाँन गाँउ बाट १४ किलोमिटर टाढा रहेको छ । गाँउपालिकाकि उपाअध्यक्ष चन्द्रकला बुढाको […]
सशस्त्र प्रहरी बलको लीले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका– १ लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो। रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान, त्यसमसा लाग्ने गोली एक थान […]
दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म दोलखाले नौ महिनाको अवधिमा सालको खपटा, चितुवाको छाला लगायत बरामद गरी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक किरणकुमार खठाएतले बताए । सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म […]
पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको हो । टेण्डर आब्हान संगै कालोपत्रेका लागि प्रकृया शुरु भएको छ । आरसिआइपीले लुंखु हुवास सडकको […]
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको सिस्ने गाँउपालिकाको धौलापैरामा रहेको मोटरेल पुल निर्माण कार्य अलपत्र परेको छ । निर्माण कम्पनीले समयमै पुल निर्माण गर्न नसक्दा ठुलो बर्षातको बेला खोलामा बाढी आएपछि गाडी वारपार गर्न कठिन बन्दै गएको छ । निर्माण सुरु गरेको ६ बर्ष भइसकेको भएपनि हाल सम्म निर्माणको ५० प्रतिशत काम नभएको स्थानीयले बताएका छन् […]