होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया गरियो
त्रिवेणी

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया गरियो

  • नागरिक रैबार
समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया गरियो

अपराध रोकथामका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । कार्यक्रमलाई दीर्घकालिनरुपमा अगाडी बढाउन स्थानिय सरकारसँग सहमती गरी गाउँघरमा घट्ने घटना न्यूनीकरणका लागी साझेदारी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी उद्धबसिंह भाटले बताए । कार्यक्रम एक बर्ष अगाडी देखी ७७ ओटै जिल्लामा लागु भएको भाटले बताए ।
नेपाल प्रहरीले स्थानिय तहसँग सहकार्यका गरी गाउँ टोलसम्म सो कार्यक्रम लागु गरीएकोे अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरिक्षक डाक्टर मेख बहादुर खत्रीले बताए । गाउँमा कार्यक्रम संचालन पश्चात गाउ समाजमा हिंसाका घटनाहरु कमी भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
देशभर एकै साथ संचालन गरिएको कार्यक्रम प्रभावकारी भएकोले यो कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रममा सहभागीहरुले बताएका छन् । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागी विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्र देखी स्थानीय तह र विद्यालयसम्म एकै पटक सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक भाटले बताए ।
अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेकोले थप यो कार्यक्रमलाइ स्थानिय तहको पनि जिम्मेवारी रहेको प्रहरी उपरिक्षक मेख बहादुर खत्रीले बताएका छन् ।

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सञ्चालन थिए । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास थप योजना सहित अगाडी बढ्नु पर्ने कार्यक्रममा नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहले सुझाव दिएका छन् । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमन चयनका लागी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायि हुने प्रहरीको पहुचमा नरहेको बाजुरा जिल्लाको दुर्गम गाउँ बस्तिसम्म पहुचमा ल्याउनु पर्ने सुझाव समेत अध्यक्ष सिहंले दिएका थिए । प्रहरीले कार्यक्रम सञ्चालनका लागि स्थानिय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग सम्झौता गरिसकेको जनाएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधी शिक्षक टोलसमिति राजनितिक दलका प्रतिनिधी पत्रकार लगायतको उपस्थिी रहेको कार्यक्रमको सहजिकरण सुदुरपश्चिम प्रदेशका प्रहरी उपरिक्षक डाक्टर मेख बहादुर खत्रीले गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार