होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • मार्तडी-काेल्टि सड्ककाे बिजाेग, तानेर गाडी चलाउदै
त्रिवेणी

मार्तडी-काेल्टि सड्ककाे बिजाेग, तानेर गाडी चलाउदै

  • नागरिक रैबार
मार्तडी-काेल्टि सड्ककाे बिजाेग, तानेर गाडी चलाउदै

मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सड्क निर्माण भएको २० बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । मार्तडी–कोल्टि सड्क ४२ किलोमिटर रहेको छ । जीप र ट्याक्टर सञ्चालनमा आएपनि बाटो निकै अप्ठयारो भएकाले गाडी बिग्रने, फसीने गरेको जीप ब्यबसायी पृथ्वी रावलले वताएका छन् । ४२ किलोमिटर बाटोमा जीप पुग्न ६ घण्टा भन्दा बढि समय लाग्ने गरेको उनले वताए । कुनै ठाँउमा ग्रेड नमिलेको रोड मनोमानी तरिकाले खनेको रावलले वताएका छन् ।
१६ बर्ष सम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन् । जसका कारण यातायात गर्न असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको थियो ।
कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिका बाट १ करोड भन्दा बढि खर्च भइसकेको छ । रकम करोडौ खर्च भईसकेको छ, एकातिर मनोमानी तरीका बाट सड्क निर्माण भएको छ भने अर्कोतिर सड्क पुरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताए । यो सड्कमा अनियमित भएको पटक पटक गुनासो आईरहेको उनले वताए ।
सडक निर्माण गर्दा वातावरणीय प्रभाब मुल्याङन गर्नु पर्ने हुन्छ तर यो सड्कमा कुनै पनि अध्ययन विना नै सड्क निर्माण भएको छ । कुनै ठाँउबाट सड्क लिदा राम्रो हुन्छ, कता पहिरो जादैन, भन्ने अध्ययन विना नै सडक खन्ने काम भएको प्राबिधिकले वताउदै आएका छन् । पोरखे लेखमा करोडौको काठ सड्क निर्माण हुने बेला फडानी भएको स्थानीय लक्ष्मिराज पाध्ययाले वताएका छन् । डोजर नै प्राबिधिक भएर बाटो खाेन्ने काम भएको छ, केही ठाँउमा बस्तिनै जोखिममा रहेको उनले वताएका छन् । प्रदेश सरकारले बहुबर्षिय सड्क भन्दा पैशा बिनियोजन गरेको छ । मार्तडी देखी पोरखे सम्म कालोपत्रेका लागि ५७ करोड २८ लाख २७ हजार ७ सय ५३ रकम बिनियोजन भएको प्रदेश सांसद बल्देब रेग्मिले वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार