होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • जनप्रनिधिको संरक्षणमा योजनाकाे लाखौ भष्ट्रचार
बुढीगंगा

जनप्रनिधिको संरक्षणमा योजनाकाे लाखौ भष्ट्रचार

  • नागरिक रैबार
जनप्रनिधिको संरक्षणमा योजनाकाे लाखौ भष्ट्रचार

हिमाली गाँउपालिका ६ धिम गाँउको भेडेमुल खानेपानि लाखौ भष्ट्रचार भएको पाईएको छ । अनुदान र श्रबदान गरि १ करोड बराबरको योजनामा लाखौ रुपैया अनियमित भएको खुलाशा भएको छ । खानेपानि योजना ५ सय परिवारलाइ लक्षित गरि निर्माण हुन लागेको हो । योजनाको मुहाँन गाँउ बाट १४ किलोमिटर टाढा रहेको छ ।
गाँउपालिकाकि उपाअध्यक्ष चन्द्रकला बुढाको घर पनि धिम गाँउमा हो । योजना अनुगमन सार्वजनिक सुनाई बिना नै गाँउपालिकाले गएको आर्थिक बर्ष भुक्तानि गरेको पाईएको छ । गाँउपालिका एक कर्मचारीले भने जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता समितिले अनियमित गरेको वताएका छन् ।
महालेखा परिक्षणको कार्यलयले २७ लाख ८ हजार ६ सय ६३ भष्ट्रचार भएको भन्दै अशुल गर्न गाँउपालिकालाई निर्देशन समेत दिइसकेको छ । कर्णाली रोजगार कार्यक्रम र गाँउपालिकाले ९३ लाख २३ हजार १ सय ८३ रकम भुक्तानि भएको छ । ५ प्रतिशत श्रवदान गरि करिब १ करोडको योजना रहेको गाँउपालिकाले वताएको छ ।
बिल र नाँपि किताब कम देखाएको तर भुक्तानि बढि भएको त्यस्तै ढुवानीमा धेरै देखाएर अनियमित गरेको पाईएको छ । भेडेमुल धिम खानेपानी आयोजना निर्माणमा २७ लाख ८ हजार ६ सय ६३ अनियमित भएको देखाएको छ । कोल्टि देखी गाँउसम्म प्रतिकेजी दररेट अनुसार खच्चर र मानिसले २५ रुपैया राखेको भएपनि बिल भपाईमा प्रतिकेजी १ सय राखि २२ लाख ६२ हजार अनियमित गरेको पाईएको छ, त्यस्तै बिल भपाई अनुसार ३४ लाख ५४ हजार ८ सय ७० भुक्तानि गर्नुपर्नेमा ३८ लाख ८८ हजार ७ सय ७३ गरि ४ लाख ३३ हजार ९ सय ३ भष्ट्रचार भएको महालेखाले जनाएको छ ।
एकातिर योजना अलपत्र अबस्थामा रहेको छ भने, अर्को तिर योजना नै अलपत्र अबस्थामा रहेको स्थानिय गोरख बहादुर सार्कीले वताएका छन् । गाँउमा खानेपानि समेत पुगेको छैन्, तर गाँउपालिकामा योजना सम्पन्न भएर सबै रकम भुक्तानि गरेको उनले वताए ।
– ७ वटा धारा निर्माण भएका छैनन् ।
– ४० हजार घनमिटरको पानि जम्मा हुने एउटा ट्याकिं निर्माण भएको छैन् ।
– ४ वटा साना ट्याकिं निर्माण बाकि ।
– ११ सय मिटर फलामको पाइप जडान बाकि ।
– ४ किलोमिटर पाईप माटोमुनि छोप्न बाकि ।
समितिले सामान ढुवानी गरेको पैशा नदिएको भन्दै स्थानियले केही सामान घरमै राखेको स्थानिय अम्मलाल सार्कीले वताएका छन् । न पानि आयो न काम गरेको ज्याला पायौ, योजना अलपत्र रहेको उनले वताए । कर्णाली स्वरोजगार र गाँउपालिका योजनाको फरक फरक समिति बनाएको भएपनि जंग बहादुर रावत र शिवलाल पाण्डे दुबै अध्यक्षले मिलेर काम गरेको स्थानियले वताएका छन् । योजनामा लाखौ भष्ट्रचार हुँदा गाँउपालिकाले वेवास्था गरेको छ । गाँउपालिकाका उपाअध्यक्ष चन्द्रकला बुढाको घर पनि त्यहि गाँउमा हो । गाँउपालिकाको संरक्षणमा लाखौ अनियमित भएको स्थानियले आरोप लगाएका छन् । १० बर्ष पहिला पनि उक्क्त खानेपानीमा ४३ लाख पानि नआएर रकम सबै हिनामिना भएको स्थानियले वताएका छन् ।
उपभोक्ता समितिका कोषा अध्यक्ष बटकला सार्कीले भनिन्, आफुलाई यो बारेमा जानकारी नभएको वताईन् । ढुवानी गर्न दररेट अनुसार कम भएकाले धेरै तिर्नु परेको वताएकि छन् । गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले यो योजना बारे छानविन हुने वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार