होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • प्रथम बाजुरा महोत्सब सकीयो ।
त्रिवेणी

प्रथम बाजुरा महोत्सब सकीयो ।

  • नागरिक रैबार
प्रथम बाजुरा महोत्सब सकीयो ।

कृर्षि जढिबुढी उद्योग,पर्यटन र व्यापार, समृद्धप्रर्बदन बाजुराका लागी विकासको आधार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा जेठ तीन गतेबाट शुरु भएको महोत्सव बिहिबार समापन भएको छ ।
महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार राज्य मन्त्री जनकराज गिरी रहेका थिए ।
समापन समारोहको प्रमुख अथितिको साथमा बोल्दै गिरीले अव बाजुरा देशको ७७ औं जिल्लाकोरुममा नरहको बताए । बाजुरा समृद्धिको बाटो तिर गईसकेको बताएका छन् । बाजुरा प्रथम महत्सवको उल्लासमय सहभागीताले र महोत्सवमा प्रर्दशनमा रहेको स्थानीय उत्पादन र जिल्लामै प्राबिधिक विद्यार्थिहरुले प्रर्दशन गरेकोले समृद्ध बाजुरा बनाउने जनशक्ति उत्पादन भएको बताए ।
कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा संचालन भएको प्रथम बाजुरा महोत्सवको साताव्यापीरुपमा मनोरन्जन लागायत बिबिध कार्यक्रमको आयोजना गरिएको बाजुरा उद्योग बाणिज्य संघले बताएको छ । बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक संचालन गरेकोे महोत्सव सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेका थिए भने राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुरा महोत्सवको मुख्य प्रायोजक रहेको थियो । महोत्सव अवलोकन गर्नका बाजुरा अछाम डोटी बझांग हुम्ला मुगु कालिकोट जिल्लाका जनताले गरेका छन् । त्यस्तै दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थलभित्र ७० बढी स्टल राखिएका थिए ।

महोत्सव स्थलभित्र दर्शकहरूलाई रमाउनका लागि रोटे पिङ समेत राखिएको थियो । प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको उद्योग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् । महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिको आयोजकले बताएको छ । सात दिनसम्म संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहेको आयोजक उद्योग बाणिज्य संघले बताएको छ ।
महोत्सव अबधिभर मौसम खरावीको कारण अलि महोत्सव सचालनमा समस्या भएको थियो । समस्याका बाबजुत पनि बाजुरा बासीले मनोसन्जन लिनुका साथै राम्रो सहभागीता जनाएर महोत्सव अवलौकन गरेका थिए ।
समापन कार्यक्रमा विशिष्ट अतिथि नेपाली काँग्रेस पूर्व माननिय महा नेपाली अतिथि जिल्ला समन्वय समिति सभापती नरेन्द्र रोकाया बाजुरा जिल्लाको नौ ओटे स्थानीय तहका मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष बिभिन्न पार्टीका प्रतिनिधिहरु लगाएक सबै सरोकारवालाहरुको सहभागीता रहेको थियो । समापन समारोह मौसम खरावीका कारण साँझ अवेर सम्म चलेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार