होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका १ सल्लेनाका १ सय ७ घरधुरी अँध्यारोमा
Breaking News

बडीमालिका १ सल्लेनाका १ सय ७ घरधुरी अँध्यारोमा

सल्लेनाबासीले प्रजिअ न्यौपानेलाई ध्यानाकर्षण गराए

  • नागरिक रैबार
बडीमालिका १ सल्लेनाका १ सय ७ घरधुरी अँध्यारोमा

मदन विक / बाजुरा १ असार । बाजुराको बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरीले बत्ती बाल्न नपाएको वर्षौ भएको छ । सल्लेनाबासीले अँझैपनि सल्लाको झरो बालेर रात विताउन बाध्य भएका छन् ।
जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका १ सल्लेनामा अहिले सम्म विद्युतको व्यवस्था हुन सकेको छैन् ।
नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम मार्तडीलाई लक्षित गरेर २०४६ सालमा विद्युतको स्थापना गरेको थियो । तर सदरमुकाम मार्तडीबाट सल्लेनासम्म विद्युत सेवा विस्तार गर्नका लागि विभिन्न पटक स्थानीय प्रशासनसंग माग राख्दापनि पनि कसैले वास्ता नगरेको स्थानीय बुदे कार्कीले गुनासो गरेका छन् ।
सल्लेनाका १ सय ७ घरधुरीका लागि अहिले सम्म कुनै ठाउँबाट विद्युत सेवा विस्तार गर्न पहल नगरिदा बर्षौदेखिको विजुली बाल्ने सपना, सपना मात्रै भएको स्थानीय कृष्ण कार्कीले बताए ।
वि.स. २०४६ सालमा सदरमुकाम मार्तडीमा स्थानपना भएको विद्युत अहिलेसम्म सल्लेनमामा विस्तार नहँुदा स्थानीयबासी र विद्यार्थीहरुलार्ई समस्या हुने गरेको छ ।
विगत १० वर्षदेखि नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामीत्वमा त्रिवेणी सहकारी संस्थाले सदरमुकामको विद्युत सेवा संचालन गरिरहेको छ । त्रिवेणी साना जलविद्युत केन्द्रले उक्त ठाउँमा विद्युत सेवा विस्तार गर्नका लागि नेपाल विद्युत प्राधिकरणले त्रिवेणीलाई जिम्मेवारी नदिएको त्रिवेणी साना जलविद्युत केन्द्रका निमित्त कार्यालय प्रमुख गगन अयडीले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले उक्त ठाउँमा पोलिङ्ग र लाईनिङ्ग विस्तार गरेर त्रिवेणी साना जलविद्युत केन्द्रलाई दिएको भए हामी उक्त गाउँमा विद्युत सेवा विस्तार गरिसक्ने थियौं त्रिवेणीका निमित्त कार्यालय प्रमुख अयडीले भने ।
सल्लेनाका स्थानीयहरुले नेपाल विद्युत प्राधिकरणसंग विद्युत सेवा विस्तारका लागि पटक–पटक माग राखेपछि नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विद्युत सेवा विस्तार गर्ने भनेर योजना बनाएको थियो । योजना अनुसार नेविप्राले अहिलेसम्म विद्युत सेवा विस्तार नहुँदा सो गाउँका पुरै परिवारहरु सल्लाको झरो बालेर रात विताउन बाध्य भएको स्थानीयहरुको भनाईछ ।
सल्लेनाबासीले प्रजिअ न्यौपानेलाई ध्यानाकर्षण गराए

बर्षौ देखि अध्याँरोमा रात विताउँदै आएका बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरिले प्रमुख जिल्ला अधिकारी मार्फत बडीमालिका नगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन् ।
आईतबार प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई बुझाउँदै सल्लेनाबासीले विद्युत बाल्न पाउने अधिकारको सुनिश्चितता गराउन ध्यानाकर्षण पत्र मार्फत माग राखेका छन् ।
वर्तमान एक्काईसौ सताव्दीको युगमा सल्लाको झरो बालेर बस्नु पर्ने अवस्थाले नेपाल सरकारका उज्यालो नेपाल अभियान हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
विगतमा तत्कालिन जुगाडा गाउँविकास समिति, र हाल बडीमालिका नगरपालिकालाई बेला बेला अनुरोध गर्दा कसैले पनि वास्ता नगरेपछि प्रमुख जिल्ला अधिकारी मार्फत नगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई ध्यानकर्षण गराउन बाध्य भएका हौं स्थानीयले आक्रोस पोख्दै भने ।
सल्लेनाबासीको ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्यौपानले भने आफुले सल्लेनाबासीको यस समस्याको बारेमा नेपाल विद्युत प्राधिकरण र बडीमालिका नगरपालिकासंग छिट्टै छलफल गरेर पहल गराउने आश्वासन दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार