होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पर्वतको लुंखु-हुवास सडक कालोपत्रेका लागि प्रकृया अघि बढ्यो
Breaking News

पर्वतको लुंखु-हुवास सडक कालोपत्रेका लागि प्रकृया अघि बढ्यो

  • नागरिक रैबार
पर्वतको लुंखु-हुवास सडक कालोपत्रेका लागि प्रकृया अघि बढ्यो

पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढेको छ ।

पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको हो । टेण्डर आब्हान संगै कालोपत्रेका लागि प्रकृया शुरु भएको छ ।

आरसिआइपीले लुंखु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आब्हान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सुचना आब्हान गरेको हो ।

विज्ञापन

उक्त सडक कालोपत्रे गर्नको लागि गएको मंसिरमा बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) तयार भएको थियो । डिपीआर तयार भएपनि ठेक्का सम्झौता गर्न स्विकृति नदिदा अन्यौल कायम थियो । ठेक्का आब्हानपछि निर्माण प्रकृया अघि बढेको आयोजनाका कार्यक्रम ब्यबस्थापक बिजय रानामगरले बताउनुभो ।

महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. जोड्ने यो कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ ।

कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको ने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ ।

सडक कालोपत्रेको काम अबको दुई बर्षभित्र पुरा भएपछि कुस्मा देखि हुवास सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ । यो सडकमा पर्ने शेराबेसी र गेडीखोलामा पक्की पुलको पनि डिपीआर बनाउने काम अन्तिम चरणमा छ । यी पुल पनि यसैबर्ष ठेक्का प्रकृयामा जानेछन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि