होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सदरमुकाम मार्तडीमै खानेपानीको हाहाकार
Breaking News

सदरमुकाम मार्तडीमै खानेपानीको हाहाकार

स्थानीय सरकारले व्यवास्ता गरेको स्थानीयको आरोप

  • नागरिक रैबार
सदरमुकाम मार्तडीमै खानेपानीको हाहाकार

रमित विक/ बाजुरा ३ असार । सुख्खा याम संगै सदरमुकामा मार्तडीमा खानेपानीको अभाव भएको छ । विगतदेखि खानेपानी समस्या झेल्दै आएका सदरमुकाम बासी फेरि पनि समस्या भोग्न बाध्य बनेका छन् । विगत दुई महिनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी काकाकूल बन्दै गएका छन् ।
बडीमालिका नगरपालिकाले निमार्ण गरेको ४ वटा ठुला खानेपानीका ट्याङ्गकी भएपनि सदरमुकाममा भने पानी प्रयाप्त मात्र पुगेको छैन् । खडेरीले एकातिर पानीको मूल सुक्दै जाँदा स्थानीय भने खानेपानी लिनकै लागि घण्टौँ लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ । आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेको स्थानीय दिपक रोकायाले आक्रोश पोख्नुभएको छ ।


विगत ६ महिना देखि बजारमा खानेपानी समेत आएको छैन् आफुहरुले घण्टौँ लाईनमा बसी खानेपानीको गुजारा गरिरहेको बिद्यार्थी आकास उखेडाले गुनाँसो गर्नुभएको छ । पानीकै जोहो गर्ने लाईन बस्नुपर्ने बाध्यता स्थानीय महिलाहरु संग रहेको छ ।
यता स्थानीय देखि बजारबासी भने पानीकै लागि लाईनमा बसेर पानीको प्रयोग गरिरहेका छन् । जिल्लाकै जेठो भनेर परिचित नगरपालिकाको हाल देख्दा स्थानीय चकित भएका छन् । खानेपानीको लागि नै घण्टौँ लाग्ने भम्क,पातल,थापाबाडा लगायतका ठाउँबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
उता बडीमालिका नगरपालिले भने खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना भएपनि व्यवस्थापन गर्ने सकेको छैन् । पटक–पटक खानेपानी व्यवस्थित गर्ने योजना नगरले गरेको भएपनि हालसम्म पनि सकिरहेको छैन् । जनप्रतिनिधिकै डोजरले सडक निमार्ण गर्ने क्रममा खानेपानीका लाईनहरु क्षतविक्षेद बनाएर यत्रतत्र बनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि