होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जीप दुर्घटनामा ९ जना घाईते,२ को अवस्था गम्भिर
Breaking News

जीप दुर्घटनामा ९ जना घाईते,२ को अवस्था गम्भिर

  • नागरिक रैबार
जीप दुर्घटनामा ९ जना घाईते,२ को अवस्था गम्भिर

रमित बि.क /जेष्ठ ३० 

बाजुराको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा जीप दुर्घटना भएको छ ।

बिहिबार दिउँसो करिब ३ः४५ बजेको समयमा ५५२ नम्बरको जीप उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिनुभएको छ ।
घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का,गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुहरुमा चंखे नेपाली उहाँकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली,महेश्वरी नेपाली,छोरा आयुष नेपाली,सोही वडाकी झंकरी नेपाली रहेको आफन्त रंग नेपालीले बताउनुभएको छ ।
यस्तै वडा नं.–८ का विजय मिजार,सुनिल नेपाली रहेका छन् । घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी करिव ५४ मिटर तल खोलामा खसेको थियो ।

विज्ञापन

घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ । यस अघि पनि सोही ठाउँमा जीप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ४ जनाको ज्यान गएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार