होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा ११ साउन । बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्त हलिया परिवारको पुनःस्थापना गरिएको छ । जिल्ला मुक्त हलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्त हलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ । जिल्लाभर एक हजार ६३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेका […]
अनिल शाही/बाजुरा ११ साउन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले कवर्डहल सहितको खेल मैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाले वडा नं १ काम्तीमा कवर्डहल सहितको खेलमैदान निमार्ण गर्ने भएको छ । नेपाल सरकारको निती अनुसार एक गाउँपालिका एक खेलकुद मैदान निमार्ण कार्यक्रम अन्र्तगत सम्भाब्यता अध्ययन गरी काम्तीमा खेलकुद मैदान निमार्ण गर्ने निर्णय गरेको हो । भौगोलिक […]
राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख […]
राम बहादुर बि.क/श्रावण ७ बाजुरा । राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधामा अवार्ड राजेश कुमारले हात पारेका छन् । बाजुराकोे बडीमालिका नगरपालिका वडा ७ मा बुवा गोरख विक र आमा रंगी विकको कोख बाट जन्मिएका राजेश कुमारले राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधाबाट यस बर्षको सर्बोकृष्टको नव […]
नागरिक रैबार/बाजुरा ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले बाजुरा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । दिवसको अवसर पारी वृक्षारोपण कार्यक्रममा पुर्व सविधान सभा सदस्य माननिय बसुन्धारा रोकायाले बाजुरा क्याम्पसको प्राङ्गणमा विरुवा रोपेर […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
नागरिक रैबार/ साउन ७ । बाजुरा घर भएकी बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सुक्करपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ कुडी हो । चदाराँ बुवा देब चदारा र आमासँगै भारतमा दिल्लीमा बस्दै […]
प्रमित बि . क/ बाजुरा, साउन ७ । गौमुल गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ ।, गौमुल गाउँपालिकालाई सुचना र प्रविधियुक्त गाउँपालिका बनाउन ३ नम्बर वडामा इन्टरनेट जडान गरिएको हो । गाउँपालिकाका सम्पूर्ण कामहरु ईन्टरनेटको माध्यामबाट वडा कार्यालयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सेवागा्रहीलाई प्रविधिमैत्री र सुचना छोटोछरितो सार्वजनिक […]
नागरिक रैबार/ साउन ५ बाजुरा। जिल्लाको सर्वाधिक विकट मानिदै आएको गौमुल गाउँपालिकाको वडा नं १ अम्लिसमा पहिलो पटक ३ वटा देउडा गीतहरुको छायाकंन गरिएको छ । बाजुराको कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यका साथ पहिलो पटक गाउँमै पुगेर ३ वटा मौलिक देउडा गीतहरुको छायाकंन गरिएको सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले बताएका छन् […]
रामबहादुर विक/बाजुरा ४ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ५ सय ६५ अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले बडीमालिका नगरपालिका वडा नं ९ फडिल्ला गाउँमा रहेका घर तथा गोठहरुमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा सहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ […]
समृद्धी र विकास: समृद्धी र विकास पर्यावाचि, परिपुरक हुन । कुनै पनि समाजबाट बर्तमानमा आउँदा अधिकतम प्राकृतिक सम्पदाको प्रयोगबाट मानवीय दिगो विकास कुल ग्राहस्थ उत्पादनमा बृद्धी, शोषण, अन्याय, अत्याचार को अन्त्य र न्याय सुव्यवस्थामा आधारित स्वस्थ्थ समाजको निर्माण गर्दै अन्धविश्वास कुुरितीको निवारण आम मानिसमा शुखी आत्मसम्मान निवनयापन मार्ग नै समृद्धी हो । गरिवी बाटको मुक्ती […]
नागरिक रैबार/बाजुरा ४ साउन । जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु वि.क. रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले बताएका छन् । शनिबार विहान ७ःबजे गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला विकको लडेर मृत्यु भएको बताइएको छ । मृतकका तीन छोरा […]
नागरिक रैबार/बाजुरा ३ साउन। बाजुराको जगन्नाथ गाउँपालिकामा शुक्रवार विहान यात्रु बाहक जिप दुर्घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार जीप दुर्घटनामा परि घाईते भएकाहरुलाई जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही, जिल्ला दैविक प्रकोप उद्धार […]
नागरिक रैबार/बाजुरा ३ साउन । जगन्नाथ गाउँपालिका–५ स्थित कर्णाली करिडोर सडक अन्तरगत भुवाखोलामा शुक्रबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरंको जीप दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा परि कैलालीको […]
नागरिक रैबार/बाजुरा ३ साउन । बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा शुक्रबार क १ ज २१ नम्बरको जीप दुर्घटना भएको छ । जीप पिलुचौरबाट कालिकोट तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा परि २ को मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । त्यस्तै ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला […]
नागरिक रैबार बाजुरा १ साउन । प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ […]
नागरिक रैबार/ बाजुरा १ साउन । हप्ता दिन देखिको अविरल वर्षाका कारण सदरमुकाम मार्तडी बजार हिलाम्मे भएर स्थाथीयलाई हिँडडुल गर्न निकै समस्या भएपछि नगरबासीहरुले सामाजिक संजालदेखि देखि चिया पसल सम्म सडककै हिलोको बारेमा चियो चर्चा गर्ने गरेका थिए । सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेका गौडा डिलदेखि प्रशासन सम्मको सडक र डिभिजन वन कार्यालय देखि जिल्ला […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय बेलधन बुढा रहेका छन् । मगलबार विहान घर नजिकै रहेको वनमा घाँस काट्न गएका वेला उनकाे भिरबाट चिप्लिएर लडेपछि मृत्यु भएको हो । मगलबार गाइवस्तुका लागि घाँस काट्न गएका मृतक बुढा समयमै घर […]
नागरिक रैबार/बाजुरा १ साउन। पहिरो रोकथाम गर्नका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ को सिमानेपानीमा रहेको २ हेक्टर बन क्षेत्रमा बृक्षारोपण गरिएको हो । उक्त क्षेत्रमा निरन्तर पहिरो बग्दै गएपछि पहिरो रोकथाम र हरियाली बातावरण बनाउन २ हजार ६ विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको सिमानेपानी वृक्षारोपण संरक्षण […]
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]