होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेर सकिएको छ । बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुणर् निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको हो । बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित […]
नागरिक रैबार असोज २९ बाजुरा । गत साउँन २५ राति बुढीगंगा नदिमा आएको बाढीले बगाएको साँफे मार्तडी सडक खण्ड अन्तरगत जडाङ्गामा पर्ने बेलिबिज्रको पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ । बाढीले बगाएको बेलिवृज पुनः निर्माणका लागि सडक डिभिजन कार्यालय साँफेबगरले असोज २७ गते बेलिवृज ढुवानी देखि निर्माण सम्पन्न गर्नका लागि १ करोड ८८ लाखको ठेक्का […]
निमेन्द्र शाही बाजुरा, २९ असोज। रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमा इलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे । बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी […]
नागरिक रैबार/बाजुरा २९ असोज। बाजुराका बाढी पहिरो पिडित र विपन्न वर्गलाई पदम खत्री स्मृती प्रतिष्ठानले राहत वितरण गरेको छ । प्रतिष्ठानले विहिबार विहान त्रिवेणी र बुढीगंगा नगरपालिकाका बाढीपिडित र अतिविपन्न वर्गका ८० परिवारलाई राहत वितरण गरेको हो । बाजुराका बाढीपिडित परिवारका लागि भन्दै प्रतिष्ठानले यस अघि नै धनगढीमा राहत संकलन अभियानको थालनी गरेको थियो । […]
नागरिक रैबार/बाजुरा २८ असोज। भीरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् । बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभुत विद्यालयका शिक्षकहरुले घाईते चंदाराको उपचारका लागि २ हजार ५ सय आर्थिक रकम सहयोग गरेका हुन् । विद्यालयका अभिभावक समेत रहेका घाईते चंदाराको घरको […]
नागरिक रैबार/बाजुरा २७ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ ले सेवा क्षेत्र भित्रका दलित तथा दुर्गमको भनेर सिफारिस गर्दा प्रति व्यक्तिबाट लिएको पाँच सय रकमबाट १ सय कटाएर बाँकी ४ सय रकम सम्वन्धित व्यक्तिलाई फिर्ता गरेको छ । गत असोज १४ गते यस नागरिक रैबारले बडीमालिका ६ मा दलित तथा दुर्गमको सिफारिस गर्न वडा […]
नागरिक रैबार/बाजुरा २७ असोज। युनिसेफ नेपाल बाजुराका कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको रकम बाढीपीडित र कोभिड-१९ बाट प्रभावित बनेका परिवारलाई हस्तान्त्रण गरिएको छ । युनिसेफका कर्मचारीहरुले बाढीपीडित र कोभिड-१९ का कारण प्रभावित बनेका परिवारका लागि संकलन गरेको ८० हजार रकम बडीमालिका २ घाघरका बाढीपीडित ६ जना र कोभिड-१९ बाट प्रभावित २ जना गरी ८ जना […]
नागरिक रैबार/बाजुरा २३ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का ३० जना सिमान्तकृत महिलालाई राहत वितरण गरिएको छ । टेवा नेपाल र महिला विकास मंचको साझेदारी तथा उमेनकाईन युकेको आर्थिक सहयोगमा बडीमालिका ९ का ३० जना सिमान्तकृत महिलालाई राहत स्वरुप खाद्यन्न, नुन, तेल, सावुन, चिनि, सेनिटरीप्याड, मास्क लगायतका सामाग्री वितरण गरिएको हो । कोरोना […]
नागरिक रैबार/बाजुरा २३ असोज। विहिबार दिउसो भिरबाट लडेर घाईते भएका बडीमालिका वडा नं. ९ रतुडाका मानसिंह विकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । विक विहिबार दिउसो साढे १२ बजे घरबाट खाना खाएर दारकाठका लागि गुनिभिर तिर गएका थिए । साँझ पख सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा विकलाई भिरबाट लडेर भिरमै अट्कीएको अवस्थामा भेटाएका थिए […]
नागरिक रैबार/बाजुरा २३ असोज। प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको विजेता बडीमालिका नगरपालिका ९ बनेकाे छ । बडीमालिका वडा नं. ८ को आयोजनामा भएकाे उक्त प्रतियोगितामा आज विहान भएको फाईनल खेलमा बडीमालिका ८ लाई पराजित गर्दै बडीमालिका ९ ले प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित २० हजार […]
अस्पताल लैजादै गर्दा एक जना सुत्केरीको बाटोमा मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बिहिबार राति मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले बताएका छन्। रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए। गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा आफन्तले बोेकेर […]
२३ असोज, कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन । स्वास्थ्य इकाइमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र […]
नागरिक रैबार/बाजुरा २० असोज। साहित्यकार सुरेन्द्र शाही (गुलाब कान्छो) को मुक्तक संग्रह “परतन्त्र”को विमोचन गरिएको छ । साहित्यकार शाहीको चाैथाे मुक्तक संग्रह “परतन्त्र”को बुधबार एक औपचारिक कार्यक्रमका वीच बाजुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र मालिका माविका प्राचार्य शुभराज पाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए । सुदूर साहित्य प्रतिष्ठानको आयोजनामा संचालन गरिएको शाहीको मुक्तक संग्रह […]
बाजुरा। विश्व पशुपंक्षी दिवसको अवसरमा त्रिवेणी नगरपालिकामा एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरमा १०५ परिवारका ७ सय पशुपंक्षीले उपचार सेवा गरिएको छ । खप्तड मालिका युवा सञ्जाल बाजुराको आयोजनामा सन्चालन गरिएको शिविरमा त्रिवेणी नगरपालिकास्थित न्यू धनगढी बाख्रा विकास फार्म सह आयोजक रहेको उक्त शिविरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्तडी बाजुरा, त्रिवेणी नगरपालिका पशु […]
बाजुरा। मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट इन्सिुच्युट प्रालिदारा बाजुराका व्यवसायीक महिलालाई व्यवसाय गर्नका लागि आथिक सहयोग तथा भौतिक सहयोग गरेको छ । मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट इन्सिुच्युटले गत वर्ष संचालन गरेको एकमहिने सिलाई कटाई तालिममा सहभागि भई सिपमुलुक तालिम सिकेर व्यवसाय गरिरहेका किशोरी र महिलालाई व्यवसाय संचालन गर्नका आर्थिक तथा भौतिक सामग्री सहयोग गरेको […]
१९ असोज, । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । छोराछोरीसहित कवाडी […]
निमेन्द्र शाही। बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ । किनकि, यस वर्षदेखि राम्रो मूल्यमा बारीबाटै स्याउ बिक्री हुन थालेको छ । कतिपय किसानले आफू कहिल्यै जहाज नचढे पनि बारीको स्याउलाई जहाजमार्फत तराईका […]
नागरिक रैबार/बाजुरा १६ भदाै। जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा नुहाउने क्रममा एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन । शक्रबार दिउसो खोलामा नुहाउन क्रममा छोराछोरी सहित आमा समेत […]
नागरिक रैबार/बाजुरा १६ असोज। जिल्लाको गौमुल गाउँपालिका ५ स्थित मानाकोट माद्यमिक विद्यालय थलामा कार्यरत प्रधानाध्यापक गगन बहादुर रावतको धनगढीमा निधन भएको छ । प्रधानाध्यापक रावतको उपचारका क्रममा शुक्रबार विहान धनगढीको नजजीवन अस्पतालमा निधन भएको खप्तड क्षेडेदह गाउँपालिका ५ का वडा अध्यक्ष हर्क रावतले बताएका छन् । वडा अध्यक्ष रावतका अनुसार ५३ वर्षिया प्रधानाध्यापक रावत केही […]
नागरिक रैबार/बाजुरा १५ असोज। साँफे-मार्तडीसडक अन्तरगत दुनीहाटबजार देखि पावरहाउस सम्मको सडकलाई युनिटि युवा क्लवका युवाहरुले सरसफाई गरेका छन् । सडक आसपास क्षेत्र तथा सडकको नालिमा यहाँका स्थानीयहरुले जथाभावि फोहोर गरेपछि युनिटि युवा क्लवले सो सडक सरसफाई गरेका हुन् । सडक सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिएपछि युनिटि युवा क्लवका अध्यक्ष मनोज बोहराको नेतृत्वमा खटिएका युवाहरुले आफै […]