होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भिरबाट लडेर घाईते भएका चंदाराको उपचारका लागि आर्थिक सहयोग
Breaking News

भिरबाट लडेर घाईते भएका चंदाराको उपचारका लागि आर्थिक सहयोग

  • नागरिक रैबार
भिरबाट लडेर घाईते भएका चंदाराको उपचारका लागि आर्थिक सहयोग
भिरबाट लडेर घाइते भएका मानसिगे चँदाराका दाइलाइ विद्यालयका शिक्षकहरुले रकम हस्तान्त्रण गर्दै ।

नागरिक रैबार/बाजुरा २८ असोज। भीरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् ।

बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभुत विद्यालयका शिक्षकहरुले घाईते चंदाराको उपचारका लागि २ हजार ५ सय आर्थिक रकम सहयोग गरेका हुन् ।

विद्यालयका अभिभावक समेत रहेका घाईते चंदाराको घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले उनको उपचारका लागि विद्यालयका शिक्षकहरुबाट व्यक्तिगत रुपमा आर्थिक सहयोगका साथै विद्यालयको तर्फबाट घाईते चंदाराको स्वास्थ्य लाभको कामना समेत गरेको जनप्रकाश आधारभुत विद्यालयका प्रधानाध्यापक प्रकाश अयडीले बताएका छन् ।

विज्ञापन

चंदारा गत विहिबार दिउसो घरको लागि दारकाठको खोजी गर्ने क्रममा गुनिभिर नजिकैको जंगलको भिरबाट लडेर घाईते भएका थिए । घाईते भएका चंदाराको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेपछि उनका परिवारले रिण निकालेर उपचारका लागि काठमाण्डौं लगिएको थियो ।

अहिले चंदाराको काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । चंदाराको उपचारका लागि लाग्ने खर्च उनको परिवारसंग नभएपछि उपचार गर्न समस्या हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार