होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • बाजुराका व्यवसायीक महिलालाई मनकामना ट्रेनिङ्ग सेन्टरद्धारा सहयोग
विजनेश

बाजुराका व्यवसायीक महिलालाई मनकामना ट्रेनिङ्ग सेन्टरद्धारा सहयोग

  • नागरिक रैबार
बाजुराका व्यवसायीक महिलालाई मनकामना ट्रेनिङ्ग सेन्टरद्धारा सहयोग

बाजुरा। मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट इन्सिुच्युट प्रालिदारा बाजुराका व्यवसायीक महिलालाई व्यवसाय गर्नका लागि आथिक सहयोग तथा भौतिक सहयोग गरेको छ ।

मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट इन्सिुच्युटले गत वर्ष संचालन गरेको एकमहिने सिलाई कटाई तालिममा सहभागि भई सिपमुलुक तालिम सिकेर व्यवसाय गरिरहेका किशोरी र महिलालाई व्यवसाय संचालन गर्नका आर्थिक तथा भौतिक सामग्री सहयोग गरेको हो ।
मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट इन्सिुच्युट प्रा.लि युएनएफपिए, युनेस्को युएनओमनको संयुक्त कार्यक्रम अन्तरगत सिपमुलुक तालिम सिकेका किशोरी र महिलालाई व्यवसाय संचालनका साथै व्यवसाय विकासका लागि आथिक र सामग्री सहयोग गरेको हो ।
सिपमुलक तालिम सिकेका ८ जना किशोरी र महिलाहरु तरकारी खेति ,सिलाई कटाई ,जुनियर पोल्ट्री ,खाजा नास्ता सम्बधि सिपमुलुक तालिम सिकेका किशोरी र महिलार्लाइ व्यवसाय संचालन र व्यवसाय विकासका लागि आर्थिक र सामाग्री सहयोग गरिएको मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्टका अछाम बाजुरा जिल्ला संयोजक ईन्द्रप्रसाद देवकोटाले बताएका छन् ।

जिल्ला संयोजक देवकोटाका अनुसार खाजा नास्ताको होटल संचालन गरिरहेकी बुढिगंगा ८ कि लक्ष्मी रावल लाई होटल संचालनको लागि १५ हजार बराबरको भाडाकुडा सहयोग गरिएको छ । त्यस्तै बुढिगंगा ५ कि दुर्गा बिक र अमृता साउंदलाई कुखुरा पालनको लागि रु १५ हजारको दाना औसधि हिटर डिजिटल काटा दिईएको छ । त्यसै गरी बडिमालिका नगरपालिकाकि कमला रावल लाई सिलाइ कटार्ई मेसिन, र तरकारी खेति को लागि भने रोसनी तिमिल्सेना र टिका रौले लाई दश-दश हजारको बिउबिजन टनेलको पाल दिएको छ त्यस्तै गरि सुनिता मिजारलाई भने नगद २० हजार दिएको छ । त्यस्तै बडीमालिका ९ कि मीना विक, धर्मा विक र कमलाइ विकलाइ पनि सयुक्त रुपमा सिलाइकटाइका लागि कपडा सहयाेग गरिएको छ ।

विज्ञापन

No description available.

पहिलो चरणमा थोरै भएपनि व्यवसाय गर्ने किशोरी र महिलालाई आर्थिक सहयोग सहित सामग्री सहयोग गरिएको गरेको छ । सिप सिकेका किशोरी र महिला व्यवसायीलाई प्रभावकारी रुपमा व्यवसाय संचालन गर्नका लागि सस्थाले अझै पनि थप सहयोग गर्ने मनकामना ट्रेनिंग एन्ड स्कील डेभोलोमेन्ट इन्सुचुट प्रालिका अछाम बाजुरा जिल्ला सयोजक इन्द्र देबकोटाले बताएका छन् । व्यवसायीक रुपमा लागेर सिलाई कटाई गर्ने महिलालाई व्यवसाय दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालय संग १ सयमा उद्योग दर्ताका लागि समेत समन्वय र सहयोग गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार