होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • साहित्यकार शाहीको मुक्तक संग्रह “परतन्त्र”को विमोचन
साहित्य

साहित्यकार शाहीको मुक्तक संग्रह “परतन्त्र”को विमोचन

  • नागरिक रैबार
साहित्यकार शाहीको मुक्तक संग्रह “परतन्त्र”को विमोचन

नागरिक रैबार/बाजुरा २० असोज। साहित्यकार सुरेन्द्र शाही (गुलाब कान्छो) को मुक्तक संग्रह “परतन्त्र”को विमोचन गरिएको छ ।
साहित्यकार शाहीको चाैथाे मुक्तक संग्रह “परतन्त्र”को बुधबार एक औपचारिक कार्यक्रमका वीच बाजुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र मालिका माविका प्राचार्य शुभराज पाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।

सुरेन्द्र शाहीको परतन्त्र (मुक्तक संग्रह) बिमोचन - बडिमालिका खबर

सुदूर साहित्य प्रतिष्ठानको आयोजनामा संचालन गरिएको शाहीको मुक्तक संग्रह “परतन्त्र”को विमोचन गरिएको थियो ।

विज्ञापन

सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे रहेका थिए ।

सुदूर साहित्य प्रतिष्ठानका सचिव कृष्ण ओलीले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि मालिका माबिका प्राचार्य शुभराज पाध्याय रहेका थिए ।

जगनाथ गाउँपालिका ३ मा जन्मेका मुक्तककार शाहीले यस अघि कुल्चिएको गुलाव २०५९ (गजल संग्रह) पूर्णिमा २०७६ (सयुक्त हाइकु संंग्रह) साइनो सारथी २०७७ (सयुक्त साइनो) संग्रह प्रकाशन गरीसकेका छन् । त्यसै गरी अतित उपन्यास, रोदन गजल र आमाबा साइनो प्रकाशोन्मुख रहेको शाहीले बताएका छन ।

शाहीद्धारा लिखित यो चौथो मुक्तक संग्रह “परतन्त्र”कोे प्रकाशक महेश शाही रहेका छन् । शाही पछिल्लो समयमा सामाजिक सन्जाल र अनलाइन र छापा माध्यममा पनि आफ्ना साहित्य सिर्जना प्रकाश गर्दै आएका छन् ।

Image may contain: 1 person, text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार