होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता
हिमाली

एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

  • नागरिक रैबार
एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

१९ असोज, । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।

 

विज्ञापन

छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताए ।

घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।

कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने उनले बताए ।
‘हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कतै कोही भेटिएका छैनन् ।’

परिवारका सदस्यहरुलाई नदीमा नुहाउन जाने भन्दै उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार