होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो
समाचार

त्रिवेणीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो

  • नागरिक रैबार
त्रिवेणीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो

नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको त्रिवेणी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरलाई बिहिबार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना युक्त पालिका घोषणा गरेका हुन्।

“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। बाजुरा जिल्लाका ९ वटा स्थानीय तहहरू मध्ये त्रिवेणी नगरपालिकाले नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा गरेकाे हाे ।

नगरपालिका भित्रका सबै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरप्रमुख थापाले बताएका छन् ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो नगरपालिकाकाे स्वास्थ शाखाले जनाएको छ।

नगर प्रमुख कर्ण बहादुर थापाकाे अध्यक्षतामा सञ्चालन भएको पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रममा नगर उप- प्रमुख कमला जाेशी न्याैपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह,जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द ,तथ्याङ्क अधिकृत रूगुम थापा, त्रिवेणी नगरपालिकाका सबै वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै