होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युनिसेफका कर्मचारीद्धारा संकलित रकम पीडितलाई हस्तान्त्रण
समाचार

युनिसेफका कर्मचारीद्धारा संकलित रकम पीडितलाई हस्तान्त्रण

  • नागरिक रैबार
युनिसेफका कर्मचारीद्धारा संकलित रकम पीडितलाई हस्तान्त्रण

नागरिक रैबार/बाजुरा २७ असोज। युनिसेफ नेपाल बाजुराका कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको रकम बाढीपीडित र कोभिड-१९ बाट प्रभावित बनेका परिवारलाई हस्तान्त्रण गरिएको छ ।

युनिसेफका कर्मचारीहरुले बाढीपीडित र कोभिड-१९ का कारण प्रभावित बनेका परिवारका लागि संकलन गरेको ८० हजार रकम बडीमालिका २ घाघरका बाढीपीडित ६ जना र कोभिड-१९ बाट प्रभावित २ जना गरी ८ जना परिवारलाई रकम हस्तान्त्रण गरिएका हो ।

No description available.

विज्ञापन

बाढी प्रभावित र कोभिड-१९ बाट प्रभावित बनेका बडीमालिका २ का ८ जनालाई प्रति परिवार १० हजारका दरले नगद हस्तान्त्रण गरिएको बडीमालिका २ का वडा अध्यक्ष डम्बर महतले बताएका छन् ।

No description available.
युनिसेफ नेपालका कर्मचारीद्धारा व्यक्तिगत रुपमा संकलन गरिएको रकम मंगलबार एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले प्रभावित परिवारलाई हस्तान्त्रण गरेकी हुन् ।

युनिसेफ नेपालका कर्मचारीद्धारा संकलित रकम हस्तान्त्रण कार्यक्रममा बडीमालिकाकी उपप्रमुख कविता विष्ट, बडीमालिका २ का वडा अध्यक्ष डम्बर महत, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, सचिव प्रेम विक र युनिसेफ नेपालका कर्मचारी राजेन्द्र जोशी, बडीमालिका नगरपालिकाका कर्मचारी विरबहादुर विष्ट सहभागि भएका थिए ।

No description available.
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ का कारण प्रभावित भएका परिवार र बाढीबाट प्रभावित भएका परिवारलाई युनिसेफ नेपालका कर्मचारीहरुले व्यक्तिगत रुपमा आर्थिक रकम संकलन गरेर हस्तान्त्रण गरेपछि बडीमालिका २ का बाढीपिडित र कोभिड-१९ प्रभावित भएका परिवारहरुलाई ठुलो सहयोग पुगेको बडीमालिका २ कि कलमति दमाईले बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार