होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुढीगंगामा बेलिब्रिज निर्माणको प्रक्रिया शुरु
समाज

बुढीगंगामा बेलिब्रिज निर्माणको प्रक्रिया शुरु

  • नागरिक रैबार
बुढीगंगामा बेलिब्रिज निर्माणको प्रक्रिया शुरु

नागरिक रैबार
असोज २९ बाजुरा ।
गत साउँन २५ राति बुढीगंगा नदिमा आएको बाढीले बगाएको साँफे मार्तडी सडक खण्ड अन्तरगत जडाङ्गामा पर्ने बेलिबिज्रको पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
बाढीले बगाएको बेलिवृज पुनः निर्माणका लागि सडक डिभिजन कार्यालय साँफेबगरले असोज २७ गते बेलिवृज ढुवानी देखि निर्माण सम्पन्न गर्नका लागि १ करोड ८८ लाखको ठेक्का आह्वान गरेर बेलिव्रिज निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
अत्तरियास्थित गोदावारीमा मौज्जात रहेको बेलिब्रिज ल्याउने गरि ठेक्का शुरु गरेको र बेलिव्रिज आगामि मंसिर मसान्त भित्र निर्माण प्रक्रिया सम्पन्न गर्ने गरी बेलिव्रिज निर्माणको प्रक्रियाका लागि ठेका आह्वान गरेको सडक डिभिजन प्रमुख ललित खनालले बताएका छन् ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिजसंगै रहेको झोलङ्गे पुल समेत बगाएको थियो । बेलिब्रिज बगाएपछि साँफे मार्तडी सडकमा नियमित चल्ले यातायातका साधानहरु अहिले पनि नियमित संचालन हुन सकेका छैनन् ।
यता सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने बाजुराबासीको सदरमुकाम मार्तडीबाटै नियमित यात्रा गर्ने सपना छिट्टै पुरा हुने गरी बुढीगंगा नदिले बगाएको बेलिव्रिजलाई पुननिर्माणका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले सडक डिभिजन कार्यालय साँफेबगर, सडक विभाग सरोकारवाला निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको बताएका छन् ।
प्रजिअ भण्डारीले भने पुरानै बगाएको ठाउँमा बेलिव्रिज पुन निर्माण हुने तर पहिलेको भन्दा ३ देखि ४ मिटरको उचाईमा निर्माण गरिन लागेको छ ।
बेलिबिज्र बगाएको ठाँउमा पहिला स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । तुईनबाट आवत जावत गर्न जोखिम् भएपछि बाजुरा उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा स्थानीय र नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीको सक्रियतामा सोही ठाउँमा काठेपुल निर्माण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार