होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • दशैंको मुखमा बाजुराका बाढीपीडित र विपन्न वर्गलाई राहत वितरण
बडीमालिका

दशैंको मुखमा बाजुराका बाढीपीडित र विपन्न वर्गलाई राहत वितरण

  • नागरिक रैबार
दशैंको मुखमा बाजुराका बाढीपीडित र विपन्न वर्गलाई राहत वितरण

नागरिक रैबार/बाजुरा २९ असोज। बाजुराका बाढी पहिरो पिडित र विपन्न वर्गलाई पदम खत्री स्मृती प्रतिष्ठानले राहत वितरण गरेको छ ।
प्रतिष्ठानले विहिबार विहान त्रिवेणी र बुढीगंगा नगरपालिकाका बाढीपिडित र अतिविपन्न वर्गका ८० परिवारलाई राहत वितरण गरेको हो ।
बाजुराका बाढीपिडित परिवारका लागि भन्दै प्रतिष्ठानले यस अघि नै धनगढीमा राहत संकलन अभियानको थालनी गरेको थियो ।

No description available.

प्रतिष्ठानले बाजुराका बाढी पीडित, अतिविपन्न र कोभिड-१९ बाट प्रभावित बनेका परिवारलाई नजिकिदै गरेको दशैंमा खाद्यन्न समस्या नहोस भन्ने उद्देश्यले राहत वितरण गरिएकोे प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रिले जानकारी दिए ।

विज्ञापन

त्यस्तै प्रतिष्ठानले बाढीपहिरोमा परि मृत्यु भएका बुढीगंगा नगरपालिका १ का धर्मराज तिमिल्सेनाको परिवारलाई समेत ४ हजार एक सय नगद रकम सहयोग गरेको छ ।

No description available.

पदम खत्री स्मृति प्रतिष्ठानले दशैंको मुखैमा राहत स्वरुप खाद्यन्न सहयोग गरेपछि अतिविपन्न परिवारहरुलाई दशैंमा खाद्यन्न समस्या नहुने भएको छ । दशैं तिहार नजिकिदै छ । दशैंमा कसरी खाद्यन्न जोहो गर्ने सोचेकी थिए प्रतिष्ठानले राहत स्वरुप खाद्यन्न सहयोग गर्यो अव दशैमा केही दिनका लागि भएपनि खाद्यन्नको समस्या नहुने भयोे त्रिवेणी ९ पैमाकी बाढी पहिरो पिडित अम्बि नेपालीलले भनिन् ।

No description available.

पदम खत्री स्मृति प्रतिष्ठानद्धारा अति विपन्न र बाढी पहिरो पिडित परिवारलाई राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, पुर्व सभासद देवराज जोशी, नेपाली काँग्रेसका वरिष्ठ नेता तथा त्रिवेणी नगर प्रमुख रामसिंह रावल, प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्री, प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार