होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नि:शुल्क पशु स्वास्थ्य शिविरमा ७ सय पशुपन्छीको उपचार
बाजुरा बिशेष

नि:शुल्क पशु स्वास्थ्य शिविरमा ७ सय पशुपन्छीको उपचार

  • नागरिक रैबार
नि:शुल्क पशु स्वास्थ्य शिविरमा ७ सय पशुपन्छीको उपचार

बाजुरा। विश्व पशुपंक्षी दिवसको अवसरमा त्रिवेणी नगरपालिकामा एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरमा  १०५ परिवारका ७ सय पशुपंक्षीले उपचार सेवा गरिएको छ ।

खप्तड मालिका युवा सञ्जाल बाजुराको आयोजनामा सन्चालन गरिएको शिविरमा त्रिवेणी नगरपालिकास्थित न्यू धनगढी बाख्रा विकास फार्म सह आयोजक रहेको उक्त शिविरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्तडी बाजुरा, त्रिवेणी नगरपालिका पशु सेवा शाखा तथा त्रिवेणी नगरपालिका ५ नम्बर वडा कार्यलयले समन्वय गरेकाे थियो ।

पशुपंक्षी प्रति उचित सम्मान, मानवसभ्यता पहिचान´ भने मूल नारालाई आत्मसात गर्दै बाजुरा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको त्रिवेणी नगरपालिका वडा नम्बर ५ रामगढामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

विज्ञापन

कार्यक्रममा त्रिवेणी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गंभिरबहादुर बुढा, नेकपा जिल्ला कमिटी सचिव भरत बुढा, वडा सदस्य कमलबहादुर बुढा, महिला सदस्य बुद्धिदेवी बुढा, वडा सदस्य भुपा देवी बिक, खप्तड मालिका युवा सञ्जाल बाजुराका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर रोकाया, फार्म मालिक बल बुढाको उपस्थितिमा भएको शिविर कार्यक्रममा प्राविधिक सहयोग शेरबहादुर बुढा, भेटेरिनरी प्राविधिक सरिता रावल, सञ्जालका अध्यक्ष तथा प्राविधिक गणेश बहादुर रोकाया, सञ्जालका महासचिव तथा प्राविधिक शुक्रराज बोहरा,
सञ्जालका त्रिवेणी नगरपालिका संयोजक तथा प्राविधिक दीपक बुढाले प्राविधिकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल कृषिप्रधान देश भैकन पनि कृषिमा आत्मनिर्भर हुन नसक्नुको कारणबारे बहस गरिएको थियो । अहिले पनि ६५.६ प्रतिशत जनता कृषिमा आश्रित हुँदा पनि किन नेपाल कृषिमा आत्मनिर्भर हुन सकेन र अब कसरी आत्मनिर्भर हुने भन्नेबारेमा सुझाव संकलनका रूपमा कार्यक्रम गरिएको थियोे ।

शिविर सञ्चालन गर्दैगर्दा स्थानीयलाई आफ्नो गोठका पशुलाई पनि बेलाबेलामा उपचार गर्नुपर्छ र पशुलाई स्वस्थ राखे मात्र आफू पनि स्वस्थ भईन्छ भन्ने सन्देश दिइएको थियो ।पशुलाई कुनै रोग लागेको छ भने उक्त पशुको दुध तथा मासु खाँदा मानिसलाई पनि त्यहि रोग सर्ने हुँदा पशुलाई पनि उपचार गर्नुपर्छ भन्ने शिविरको मुल सार थियो ।

शिविरमा बाख्राको संख्या धेरै थियोे । स्थापनाको छोटो समयमा नै विभिन्न क्षेत्रमा काम गर्दै आएको खप्तड मालिका युवा सञ्जाल बाजुराले फरक कार्यको थालनी स्वरुप मानवीय सेवा सँगसँगै पशु हक र अधिकार क्षेत्रमा पनि काम गर्न थालेको अध्यक्ष गणेशबहादुर रोकायाले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार